हङकङ कोरोना न्युज अपडेट : आज पनि लोकल केस जिरो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ९ मे। सेन्टर फर हेल्थ प्रोटेशनले जारी गरेको रिपोर्टअनुसार आज पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको छ। यद्यपि १ जना आयातित सङ्क्रमित थपिएका छन्।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८०८ पुगेको छ।

आयातित सङ्क्रमितमा अर्जेन्टिनाबाट आएकी ५२ वर्षीया महिला रहेकी छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,४९३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ७३ जनाको उपचार भइरहेको छ। ३ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

फाइल फोटो




Leave a Reply

42115
%d bloggers like this: