बाल्टिमोर गोलीकाण्डमा प्रतिभावान नेपाली युवकको मृत्यु

विजय थापा । डिसी महानगर क्षेत्र, मेरिल्याण्ड राज्यको बाल्टिमोरमा शनिबार बिहान भएको गोलीकाण्डमा मृत्यु हुने ४ जनामध्ये एक नेपालीको पहिचान खुलेको छ।

मृत्यु हुने नेपाली युवक अन्दाजी २४-२५ बर्षका सागर घिमिरे भएको पुष्टि भएको छ।

उनका नजिकका आफन्तका अनुसार उनी निकै प्रतिभावान,होनहार र महाबिद्यालयका स्वर्ण पदक प्राप्त बिद्यार्थी समेत रहेको बुझिएको छ। घटना बाल्टिमोर कै उपनगर क्षेत्र वुडलन भन्ने स्थानमा बिहानै करिव ६:३० मा भएको थियो भने उक्त स्थान बाल्टिमोरको मुख्य शहर इनर हार्बरदेखि ९ माइल उत्तरपश्चिममा रहेको छ। स्व घिमिरे छात्रवृतिमा अध्ययन गर्न अमेरिका आएका थिए।

सागर घिमिरे, फाइल फोटो

बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्डका अनुसार उनीहरुलाई घरमा आगजनी र गोलीवारी भएको घटना बारेमा जानकारी आएपछि घटनास्थलमा पुगेका थिए । प्रहरीहरु त्यहाँ पुग्दा गोली चलाउने बन्दुकधारी ५६ बर्षीय एभर्टन गोली चलाई रहेकोले प्रहरीको गोलीबाट उनको निधन भएको थियो।

घरमा आगो लागेपछि बाहिर भाग्ने बित्तिकै उक्त उदण्ड व्यक्ति ब्राउनले घिमिरेलाई गोली र अर्का नेपाली श्याम अधिकारीलाई पनि गोली हानेका थिए। संयोगवस अधिकारी बचेका थिए भने उनको अस्पतालमा उपचार भै रहेको छ। अन्दाजी २६ बर्षका नेपाली सर्लाही घर भएको बुझिएको छ भने उनी न्यू मेक्सिकोबाट बाल्टिमोर आएका हुन्।

उनको यूनिवर्सिटी अफ मेरील्यान्ड बाल्टिमोर (२२ ग्रीनी स्ट्रीटमा )उपचार भैरहेको र अवस्था खतरा मुक्त रहेको माहवाणिज्यदूत प्रेमराजा महतले घाइते युवकलाई भेटेपछि बताए। राजदूत डा युवराज खतिवाडा पनि नियमित सम्पर्कमा रहनु भएको कुरा प्रवासी नेपाली मन्च अमेरिकाको अध्यक्ष प्रभु थापाले बताए।

गोली चफाउंने ब्राउन उटपट्याङ्ग,आक्रामक ,अराजक र अशान्त स्वभावको रहेका छिमेकीले प्रहरीहरुलाई बताए।

मृत्यु हुनेहरुमा बन्दुकधारीसहित , नेपाली बिधार्थी घिमिरे र २ स्पानेली रहेका छन्।

गोली लागि निधन भएका घिमिरे बाल्टिमोर क्षेत्रमै बसोबास गर्दै आएका पूर्वेली मौलिक नेपाली भाकाका अनुसन्धानकर्ता तथा वरिष्ठ लोक गायक नविन कुमार खड्काका नजिकका आफन्त हुन् ।

खडकाका अनुसार स्व घिमिरे साउथ क्यारोलाइनाबाट स्नातक सकेर दुई-तीन महिना बाल्टिमोर मै काम गरेर खर्च जुटाएर नेपाल जाने तयारीमा थिए। उनी आफ्नो साथीले लिएको भाडाको घरमा केवल ८-१० दिनअघि स्नातक तहमको दिक्षान्त समारोह सकेर बाल्टिमोर आएका थिए ।

खडकाका अनुसार घिमिरेका आमाको करिव ३ बर्षअघि मुटुको रोगले मृत्यु भै सकेको र बुवा पूर्व शिक्षक पेशाबाटै निवृतिभरण प्राप्त भै सकेका छन्। घिमिरेको एक दिदी काठमाडौँको नर्भिक अस्पतालमा स्वास्थ्य परिचारिका (स्टाफ नर्स ) छन् भने एक दाजु रहेका छन्।

घिमिरे संखुवासभा खादवारी न.पा. ६, तल्लो पांठा निवासी हुन् भने पिता विक्रम घिमिरे हुन्। क्यालिफोर्नियामा बसोबास गर्ने घिमिरेका काका कप्तान घिमिरे भोलि बाल्टिमोर आउने भएका छन्।

अहिलेसम्म बाल्टिमोर काउन्टी प्रहरीले शव दिएको छैन भने अनुसन्धान चलि रहेको छ।





Comments

comments

Leave a Reply

42121