न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २० जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या शून्यमा झरेको जनाएको छ।
यद्यपि, १ जना आयातित कोरोना सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको संख्या कुल संख्या ११,८८७ पुगेको छ।
.आयातित सङ्क्रमितमा एक जना रुसबाट आएका ३६ वर्षीय पुरुष रहेका छन्। उनमा भेरियन्ट भाइरस संक्रमण भएको जनाइएको छ।
अहिले कोरोना सङ्क्रमित ३० जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।
कोरोना सङ्क्रणका कारण हङकङमा २१० ले ज्यान गुमाएका छन्।
कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्