गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके/नेपालद्वारा धन्यवाद ज्ञापन

सन्तोष थलङ-

गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले गत १५ जून २०२१ का दिन लण्डनमा आयोजित अन्तिम स्मरण पत्र हस्तान्तरण तथा विशाल आमसभामा सहभागी सबैलाई सधन्यवाद आभार व्यक्त गरेकोछ।

रर्‍याली नेतृत्व गर्दै पाईपर/ड्रमरका साथ Flag career बाईकर्स ।

जुलुससहितको आमसभालाई पूर्णरुपमा सफल र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, न्यायप्रेमी गोरखा दाजुभाइ, दिदीबहिनी तथा भान्जा भान्जीहरु साथै सञ्चारकर्मी मित्रहरु सबैप्रति गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके/नेपालले सधन्यवाद आभार व्यक्त गरेकोछ।

सन्तोष थलङ

बिद्युतीय सञ्चार माध्यमबाट विश्वलाई थाहा भइसकेको छ। वेलायत सरकारले गोरखाका माग सम्बोधन गर्न यहि जुन २०२१ मसान्तसम्ममा ठोस कदम नचाले जुलाई १ बाट रिले अनसन हुदै आमरण आरम्भ हुने औपचारिक अल्टिमेटम पत्र ३ महिना अगावै प्राप्त गरिसकेकोछ। त्यसैलाई पून: अन्तिम पल्ट स्मरण गराउने कार्यक्रम बिभिन्न संघ संस्थासरुको सशक्त सहभागितामा भव्यताका साथ सम्पन्न भएकोछ।

यस कार्यक्रमलाई मात्र नभई समग्र गोरखा आन्दोलनलाई गन्तव्यमा पुर्‍याउन सशक्त सहभागिताका साथ ऐक्यबद्धता जनाउनु हुनेहरुमा प्रतिनिधिहरुमा, Mr Alan Marcel-sanca (CEO)UK /Nepal Friendship Society)
उहाँले यस निर्णायक आन्दोलनलाई आवश्यक कागजपत्रलगायत रणनीतिक योजना कालागी अहोरात्र सहयोग गरिरहनु भएकोछ।
Mr Gary weaving ( Chairman – Forgotten Veterans – UK) ले “गोरखा आन्दोलन अब यूके भेटरन सोसाइटीको पनि हो”, भन्दै वेस्ट मिनिस्टलाई (बेलायती सरकार र संसद) चुनौती दिएकाछन्। उनले आन्दोलनका लागी अर्थपूर्ण झण्डासमेत प्रदान गरे।
Mr Roy Anthony Brinkley ले ( Soldier A-Z ) V.A.S.U को नेतृत्वमा “Gurkha fought for Britain, now we fight for them” नामक अभियान नै सञ्चालन गर्दै आएका छन्।

जन सागर/ आन्दोलनको झलक

त्यस्तै, शिख कम्यूनिटी वेलायतका तर्फबाट Mr Harjap Singh (Chairman- federation of Southampton gurdwar, ले गोरखा आन्दोलनलाई हर प्रकारले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । UK Green of colour कि प्रतिनिधि Ms Ria Patel ले समेत सकृय ऐक्यबद्धता जनाउदै आमसभालाई सम्बोधन गरेकी थिईन्।

बेलायती नागरिक Ms Asma bibi ले स्वत:स्फूर्त रुपमा आन्दोलनलाई समर्थन गर्दै उपस्थित महानुभावहरूलाई निःशुल्क पानी (Mineral water) बितरण गरेकी थिईन्।

उक्त कार्यक्रमलाई आकर्षक बनाउन Ms Clair Hall ले स्वत:स्फूर्त रुपमा Drum सहित उपस्थित भई र्‍यालीलाई लिड् गरेकी थिईन्। त्यसैगरी गोरखा आन्दोलनका कट्टर समर्थक Mr Billy Dunbar ले समेत ऐक्यबद्धता जनाएका थिए।

गोरखा पाईपर मान बहादुर सुनुवारले र्‍यालीलाई लिडिङ गर्दै गोरखा स्मारक (Gurkha statue) र सेनोटाफ वार मेमोरियल (Cenotaph war memorial) मा रिथ अर्पणका लागि मौन धारण धून (Last call) प्रस्तुत गरेका थिए। एवं प्रकारले उक्त दिनको कार्यक्रमलाई ” लण्डन- नेपाल न्यूज डट कम” का शिव भण्डारी र प्रकाश कडेलले प्रत्यक्ष प्रसारण गरेका थिए।

कार्यक्रम ब्यवस्थापनमा सकृय एवं रचनात्मक भूमिका निर्वाह गर्नुहुने प्रमुख संयोजक कृष्णबहादुर राई, अभियान निर्देशक ज्ञानराज राई, सह संयोजक तक गुरुङ, कार्यक्रम सञ्चालक सचिव धनबहादुर गुरुङ, कार्यक्रमको अभिलेखनमा पि.आर. लक्ष्मी घिसिङ, प्रवक्ता ले.(रिटायर्ड) यामबहादुर गुरुङ, सत्याग्रह नेपाल च्याप्टर का प्रवक्ता क्या.(रिटायर्ड) हिमाल राईलगायत अन्य संघर्ष समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु धन्यवादका पात्र बन्नुभएकोछ।

कानूनी सल्लाहकार प्रो. डाक्टर युवराज संग्रौलाको विशेष पहलमा विश्वका विशिष्ट बुद्धिजीवीहरुले गोरखा आन्दोलनलाई सहयोग गर्ने घोषणा गरि सकेकाछन्।

त्यसैगरी, बङ्गलादेशका पूर्व राष्ट्रिय मानव अधिकार आयोग अध्यक्ष प्रो. डाक्टर मिजानुर रेहमानले दक्षिण एसियाका नागरिक समाजको नेत्रृत्व गर्ने प्रतिबद्धता ब्यक्त गर्दै १५ जुनका दिन अन्तर्राष्ट्रिय सम्मेलन मार्फत गोरखाहरुलाई वेलायतले गरेको अन्यायबारे बोलेका छन्। यसकालागि प्रो.डाक्टर युवराज संग्रौलाज्यूलाई गोरखा आन्दोलन र सम्पूर्ण गोरखा समुदायका तर्फबाट ससम्मान आभार ब्याक्त गरिएकोछ।

सहभागी सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरु साथै न्याय प्रेमी महानुभावहरू, सञ्चारकर्मी मित्रहरु सबैमा पून: सधन्यवाद आभार प्रकट गर्दै, गोरखा सत्याग्रह संयुक्त संघर्ष समिती -यूके/नेपाल ले यहाँहरुको साथ सहयोग निरन्तर रहने पूर्ण विश्वास लिएकोछ।

अन्त्यमा, न्यायप्रेमी वेलायती नागरिकहरु, सामाजिक संघ संस्थालगायत विश्वका मानव अधिकारकर्मी /बिद्वान बुद्धिजीवीहरुले संस्थागत रुपमै यो निर्णायक आन्दोलनलाई सतप्रतिशत समर्थन गर्दै आ-आफ्नो क्षेत्रबाट भरपूर सहयोग गरिरहेको यो सुनौलो एवं निर्णायक अवश्थामा सम्पूर्ण ब्रिटिस गोरखा समुदाय बल, बुद्धि, तन, मन, धनले आन्दोलनमा स्वत:स्फूर्त सरिक हुन जरुरी छ।

यदि कसैले झ्यालबाट च्याउँदै उपलब्धी मात्र पर्खने निकृष्ट सोच पालेका छन् भने ति स्वाभिमानी गोरखालीको परिभाषा अन्तर्गत पर्न सक्दैनन। किन कि अरुका हितमा जीवन बलिदान गर्न सक्ने वीर गोरखाहरुले आफैमाथि भएको अन्याय अत्याचारबिरुद्ध एकीकृत भएर प्रतिकार गर्न नसक्नु अति दु:खद र लाजस्पद बिषय हैन र… ??

सबै ब्रिटिस गोरखा समुदायले छाँतीमा हात राखेर, ईष्टदेव सम्झेर सोच्नुस् त, के यो तपाईको आफ्नै आन्दोलन हैन र … ??? त्यसर्थ, यही १ जुलाईबाट आरम्भ हुने अन्तिम एवं निर्णायक आन्दोलनमा सम्पूर्ण गोरखा तथा गोरखा सन्ततिहरू अनिवार्य सहभागी हुन अत्यावश्यक छ।

जय गोरखा !!!

(१९ जुन २०२१)





Comments

comments

Leave a Reply

43090