Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बोष्टनमा व्यंग्य कवि कार्की

समाचार प्रतिनिधि / एचकेनेपाल डट कम-
११ जुलाई, बोष्टन, अमेरिका। नेपाली साहित्यको कविता विधामा समर्पित नवराज कार्कीले बिहीबार साँझ बोष्टनमा कविता बाचन तथा साहित्यिक यात्रा सम्बन्धी विचार व्यक्त गरे।

अमेरिका भ्रमणका क्रममा यहाँ आइपुगेका कार्कीले साहित्यिक यात्राका सुरुका दिनमा पोखरामा बसेर गरेका सिर्जनशील कामहरूलाई स्मरण गर्दै कविता, गीत र गज़ल लेखनका बारेमा धारणा व्यक्त गरे।

प्राध्यापन पेशामा संग्लग्न कार्कीले हालको साझा प्रकाशनको दुरावस्था बारे पनि टिप्पणी गरे। हाम्रो समाजमा बासना, फल र बोट खानेहरू रहेका छन् भन्दै साझामा पछिल्लो समय बोट नै खानेहरूको उपस्थिति रहेकाले आजको अवस्था आएको बताए।

सिलसिला, मनभित्रको आंधी, एकदनक, पलपल, उपासना, तिमी हास्यौ र …, म्वाई, एउटा यस्तो साथी लगायतका कृतिका सर्जक कार्कीले रत्नश्री स्वर्ण पदक, कविता महोत्सव पदक, गाईजात्रा हास्यव्यंग्य पुरस्कार, रत्न श्रेष्ठ पुरस्कार, व्यथित काव्य पुरस्कारलगायतका पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्।

कार्यक्रममा कार्कीले कविता र मुक्तक बाचन गरे भने डा. शिव गौतम र दीपा राई पुनले आ-आफ्नो कविता बाचन गरेर कार्यक्रमलाई रसिलो बनाए। अन्तर्राष्ट्रिय सहित्य समाज बोष्टनले आयोजना गरेको उक्त कार्यक्रममा च्याप्टरका अध्यक्ष हरि काफ्ले, पूर्व अध्यक्ष डा. उषा शर्मा, भारती गौतम, गोवर्धन पूजा, लालगोपाल सुबेदी, गौरवराज थपलियालगायतले कवि कार्कीका बारेका मन्तव्य व्यक्त गरे।





Comments

comments

431