Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूल भुलैयाको प्रेस मिटमा नीताको यस्तो नृत्य (भिडियो)


समाचार प्रतिनिधि / एचकेनेपाल डट कम-
नायिका नीता ढुंगानाको नृत्यले चलचत्रि ‘भूल भुलैया’को पत्रकार सम्मेलन रोचक बन्यो।

छोटो स्कर्टमा कार्यक्रममा आएकी नीता गीत बज्ने वित्तिकै जुरुक्क उठेर नृत्य गर्न थालिन्। उनलाई नायक स्वेहित मानन्धरले साथ दिए। यो चलचित्रमा डिजिटल प्रविधिको उच्चतम प्रयोग गरिने भनिएको छ। निर्देशक योगेश घिमिरेले कार्यक्रममा भने–‘नेपाली चलचित्रमा छायांकन र देखाउन मात्र डिजिटलको प्रयोग भयो। तर ‘भूल भुलैया’ले केही एनिमेशनका दृश्यलाई आकर्षक तबरले देखाउनेछ।’

नायिका नीता ढुंगानाले चलचित्रमा आफ्नो भूमिका विशेष रहेको बताइन्। उनले ‘भूल भुलैया’ आफ्नो जीवनकै विशेष चलचित्र हुने जानकारी दिइन्। प्रेमात्मक यो चलचित्रमा दिनेश कुमार पोखरेलको प्रस्तुती, सुशिल कार्की, सुरेश गौतम, मणिराज दाहाल निर्माता छन्। निरज ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा शिवम् अधिकारीको लेखन, बनिष शाहको सम्पादन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको एक्सन, राजेन्द्र थापा र स्वप्निल बरालको गीत, बसन्त सापकोटाको संगीत छ।

चलचित्रका ३ गीतमा प्रल्हाद तिमिल्सिना, दुर्गा परियार र निर्जला पराजुलीको स्वर छ। चलचित्र विकास आचार्यको सल्लाहमा तयार हुनेछ। चलचित्रको छायांकन साउन १६ गतेबाट सुरु गरिनेछ।





Comments

comments

434