हङकङ कोरोना न्युज अपडेट : ११ जना कोरोना सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २ जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार ११ जना कोरोना सङ्क्रमित थपिएको जनाएको छ।

थपिएका सङ्क्रमितहरुमा १ जना स्थानीय १० जना आयातित रहेका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९३९ पुगेको छ।

.

आयातित सङ्क्रमितमा बेलायतबाट आएका ८ जना, रसियाबाट १ र इन्डोनेसियाबाट आएका १ गरी १० जना रहेका छन्।

स्थानीय कोरोना सङ्क्रमितमा अबरडीनमा बस्ने ४१ वर्षीया महिला रहेकी छन्। उनको सङ्क्रमणको स्रोत खुलेको छैन।

अहिले कोरोना सङ्क्रमित ५० जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोना सङ्क्रणका कारण हङकङमा २११ ले ज्यान गुमाएका छन्।

आज ४७,६१५ जनाले कोरोनाबिरुद्ध खोप लिएका छन्। अहिलेसम्म कोरोनाबिरुद्ध ३७,७६,९१६ खोप दिइसकेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

43333