हङकङ : प्रहरीलाई छुरा हान्ने आक्रमणकारीको मृत्यु…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १ जुलाई। कजवे बेस्थित सोगो डिपार्टमेन्ट स्टोरछेउ ड्युटीमा रहेका प्रहरीमाथि विहीवार राति आक्रमण भएको छ।

फोटो सौजन्यः hk.on.cc

आक्रमणकारीले पछाडिबाट छुरा प्रहार गर्दा ३० वर्षीय प्रहरीको बाँया काँधमा गम्भीर चोट लागेको बताइएको छ।

आक्रमणकारीले आफैंलाई पनि आत्मघाती आक्रमण गरेका छन्। आफ्नै छातीमा छुरा प्रहार गरेका उनी गम्भीर हालतमा पक्राउ परेका थिए। छातीमा गम्भीर चोट लागेका आक्रमणकारीको रतनजी अस्पतालमा करीव सवा ११ बजे मृत घोषित गरिएको छ।

आक्रमणकारी । फोटोः hk.on.cc

आक्रमणकारी ५० वर्षीय लिउन की फाई रहेको खुलेको छ। यसअघि, उनको कुनै अपराधिक रेकर्ड नभएको जनाइएको छ। प्रहरीले फाईको सान पो कोङस्थित घरबाट सुसाईड नोट बरामद गरेको छ। सुसाईड नोटमा प्रहरीहरुको हत्यापछि आफ्नो जीवन समाप्त गर्ने उल्लेख गरिएको जनाइएको छ।

गम्भीर हालतमा आक्रमणकारी । फोटोः hk.on.cc

छुरा प्रहारबाट गम्भीर घाइते भएका प्रहरीको क्वीन मेरी अस्पतालमा उपचार भइरहेको छ।

जुलाई १ तारिख हङकङको स्थापना दिवसको दिन विभिन्न ठाउंमा सरकार विरोधी प्रदर्शन हुंदा कजवे बेमा प्रहरीमाथि छुरा प्रहार भएको हो। प्रहरीले कजवे बे, टिन हाउ, मङ कोक र वोङ ताई सिनबाट कम्तीमा १९ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

फोटो सौजन्यः hk.on.cc




Comments

comments

Leave a Reply

43315