हङकङकी जलपरीलाई अर्को सफलता, जितिन् अर्को रजत पदक !

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३० जुलाई। हङकङकी जलपरी Siobhan Bernadette Haughey ले टोकियो ओलम्पिकमा हङकङको लागि थप अर्को रजत पदक जितेकी छन्।

उनले आज बिहान १०० फ्री स्टाईलमा हङकङको लागि अर्को रजत पदक जितेर इतिहासमा आफ्नो नाम दर्ज गराइएकी छन्।

यसअघि, गत बुधबार २०० फ्री स्टाईल पौडी खेलमा उनले हङकङको लागि पहिलो र ऐतिहासिक जित हासिल गरेकी थिइन्। उनले हङकङको राष्ट्रिय र एसियाको नयाँ कीर्तिमान आफ्नो नाममा पारेकी छन्।

आयरिश बाबु र हङकडेली आमाकी छोरी Haughey सन् १९९७ मा हङकङमा जन्मेकी हुन्।





Comments

comments

Leave a Reply

44039