न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ७ अगष्ट । सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।
यद्यपि, ७ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,०१२ पुगेको छ।
आयातित सङ्क्रमितमा ३ जना अमेरिका, १ तान्जानिया, १ अस्ट्रिया, १ स्पेन र १ जना फ्रान्सबाट आएका रहेका छन्। आयातितमध्ये १ जना कोरोनाविरुद्ध १ डोज र अरु सबैले खोपको पूरा डोज लिएका थिए।
पछिल्लो १४ दिनमा जम्मा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तिमध्ये १ जना स्थानीय र अरु सबै आयातित सङ्क्रमित रहेका छन्।
यतिबेला हङकङमा कोरोना सङ्क्रमित ३२ जनाको उपचार भइरहेको छ। आज १ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।
कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्