गरिमा ज्ञवाली बनिन् ‘मिस नेपाल नर्थ अमेरिका २०२१’ को विजेता…!

विजय थापा / एचकेनेपाल डट कम –

न्यूयोर्क । न्यूयोर्कमा सम्पन्न मिस नेपाल नर्थ अमेरिका-२०२१ को प्रतियोगितामा गरिमा ज्ञवाली बिजेता बनेकी छिन्। न्यूयोर्ककी ज्ञवालीले १८ जना प्रतियोगीलाई हराउदै मिस नेपाल नर्थ अमेरिका-२०२१ को ताज लगाएकी हुन्। त्यसैगरी, फर्स्ट रनरअप याङ्गछेन लामा र सेकेन्ड रनरअप सुभेच्छा निरौला बने।

मिस ट्यालेन्टमा रोशिका गजमेर, मिस कम्युनिटी आउटरिचमा एलिना राई, मिस पपुलरमा नग्मा गुरुङ, मिस स्माइलमा निमिका थापा, मिस वेस्ट ड्रेसमा सेलिषा नेपाल, मिस पर्सोनालिटीमा गरिमा ज्ञवाली, मिस डिसीप्लेनमा सुप्रिता फुयाल, मिस क्याटवाकमा दिना केसी, मिस पर्सोनालिटीमा गरिमा ज्ञवाली, मिस राईजिगं स्टारमा अलिशा गुरुङ्ग, मिस स्किनमा चाँदनी लामा, मिस बेस्ट हेयरमा मुना नेपाल ,उत्कृष्ट शरीरमा उर्जा केसी ,उत्कृष्ट हेरिटेज जेनी रावत भएका छन्।

अगस्त १ देखि अगस्त ६ सम्म प्रतियोगीहरुको तालिम चलेको थियो भने अगस्त ७ का शनिवारका अन्तिम दिन विजेता तथा अन्यको घोषणा गरिएको हो। १८ जना प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्य तथा क्यानडाबाट सहभागी भएका थिए ।

मिस नेपाल नर्थ अमेरिका २०२१ को अन्तिम प्रतियोगिता न्यूयोर्कको वुडसाइडस्थित तिब्बती सामुदायिक केन्द्रमा आयोजना गरिएको थियो।

पहिलो चरणमा १८ जना प्रतियोगीहरु परिचयात्मक प्रस्तुतिपछि दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० जनामध्ये अन्तिम चरणमा ५ जना पुगेका मध्ये मिस नेपाल नर्थ अमेरिका २०२१ का बिजेता ,प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो।

प्रतियोगिताको लागि पूर्व नेपाल सुन्दरीहरु क्रमस शृंखला खतिवडा, सदीक्षा श्रेष्ठ, मनिता देवकोटा, मलिना जोशी तथा साहना वज्राचार्यले सहभागिता जनाएका थिए।

सन् २०१८ की मिस नेपाल वर्ल्ड ( नेपाल विश्व सुन्दरी) शृखला खतिवडा अफिसियल मेन्टोर तथा मुख्य निर्णायक रहेकी थिईन्।

सदिक्षा श्रेष्ठ कोरियोग्राफर तथा सन् २०१८ कि नेपाल ब्रम्हाण्ड सुन्दरी मनिता देवकोटा प्रशिक्षकको रुपमा भूमिका निर्वाह गरेकी थिईन्।

साहना वज्राचार्य कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गरेकी थिइन् । यस्तै गरि निर्णायकहरुमा चर्चित कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी, सवु गदाल कार्की, मोनिका घले, मलिना जोशी, डा सुलोचना गुरुङ, आशिश प्रसाई, पूर्ण लामा, पशुपति श्रेष्ठ तथा अधिवक्ता बासु फूलारा रहेका थिए।

प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको थियो।

११ बर्षसम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति हुन्।





Comments

comments

Leave a Reply

44315