किरण बने ‘द भ्वाइस अफ नेपाल – ३’ को बिजेता…

न्युज डेस्क / एचकेनेपाल डट कम –

काठमाडौं, ८ अगष्ट । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल – ३’ को उपाधि किरण गजमेरले जितेका छन्।

शनिवार राति सम्पन्न गायन प्रतियोगितामा टिम प्रमोदबाट अमेरिकामा बस्दै आएका झापाको खुदुनाबारी शिविरमा जन्मेका किरण गजमेरले सर्वाधित भोट पाएर जितेका हुन्।

टिम राजुबाट बाग्लुङकी तारा श्रीश मगर फस्ट रनरअप र टीम दिपबाट आर्यन तामाङ सेकेण्ड रनरअप भए।

टिम तृष्णाबाट ज्वाला राई टप ३ बाट बाहिरिएका थिए।

निर्णायकहरु दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ टिमबाट एकएक जना प्रतिस्पर्धी फाइनलमा पुगेका थिए।

थप फोटोहरुः https://www.facebook.com/our.hknepal/posts/10165341708955414





Comments

comments

Leave a Reply

44301