किरण बने ‘द भ्वाइस अफ नेपाल – ३’ को बिजेता…

न्युज डेस्क / एचकेनेपाल डट कम –

काठमाडौं, ८ अगष्ट । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल – ३’ को उपाधि किरण गजमेरले जितेका छन्।

–

शनिवार राति सम्पन्न गायन प्रतियोगितामा टिम प्रमोदबाट अमेरिकामा बस्दै आएका झापाको खुदुनाबारी शिविरमा जन्मेका किरण गजमेरले सर्वाधित भोट पाएर जितेका हुन्।

–

टिम राजुबाट बाग्लुङकी तारा श्रीश मगर फस्ट रनरअप र टीम दिपबाट आर्यन तामाङ सेकेण्ड रनरअप भए।

टिम तृष्णाबाट ज्वाला राई टप ३ बाट बाहिरिएका थिए।

–

निर्णायकहरु दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ टिमबाट एकएक जना प्रतिस्पर्धी फाइनलमा पुगेका थिए।

–

थप फोटोहरुः https://www.facebook.com/our.hknepal/posts/10165341708955414





Comments

comments

Leave a Reply

44301