हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज पनि लोकल केस जिरो..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ११ सेप्टेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार पनि स्थानीय कोरोना सङ्क्रितको संख्या शून्यमा रहेको जनाएको छ।

यद्यपि, ४ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,१४३ पुगेको छ।

आयातित सङ्क्रमितमा क्यानडा, जापान, फिलिपिन्स र संयुक्त अरब इमिरेट्सबाट आएका रहेका छन्।

पछिल्लो १४ दिनमा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित ५० जनाको उपचार भइरहेको छ। कोरोना सङ्क्रणबाट हङकङमा २१२ जनाले ज्यान गुमाएका छन्।

नेपालमा कोरोनाको अवस्था यस्तो छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

45151