Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
काँग्रेसको प्रतिनिधिमण्डल र उत्तरप्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

काँग्रेसको प्रतिनिधिमण्डल र उत्तरप्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज बिहान भेटवार्ता भएको छ।

उत्तरप्रदेशस्थित मुख्यमन्त्री आदित्यनाथको कार्यालयमा आज भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको सो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए।

त्यसक्रममा आफूहरुले नेपाल–भारत सम्बन्ध द्विपक्षीयहित तथा दुई देशबीचका राजनीतिक धार्मिक सांस्कृति ऐतिहासिक एवं जनताबीचको सम्पर्कका विविध आयामका बारेमा कुरा उठाएको जानकारी डा.महतले दिए । भेटका क्रममा मुख्यमन्त्री आदित्यनाथले नेपालसँग सम्बन्धित विविध मुद्दा एवं विषयवस्तुलाई भारतले सधैँ प्राथमिकतामा राखेको बताए।

मुख्यमन्त्रीले भारतले नेपालसँगको सम्बन्धलाई मुख्य प्राथमिकतामा राखेको जनाउँदै नेपाल र नेपालको राष्ट्रियता बलियो हुनुपर्छ र यसमा भारतको हित हुने प्रतिक्रिया आएको डा.महतले जानकारी दिए । भेटका क्रममा आफूले बनारसमा रहेको नेपाली मन्दिर हिन्दू करिडोर निर्माणका क्रममा विस्थापित हुनसक्ने विषयमा चासो राखेको र मुख्यमन्त्री आदित्यनाथले उक्त मन्दिर त्यहाँबाट विस्थापित नहुने र उचित स्थानमा निर्माण हुने विषयमा आफूले निर्देशन दिइसकेको जानकारी दिएको डा महतले बताए।

भारतीय जनता पार्टीको निमन्त्रणामा तीन दिनअघि भारत गएको डा महत नेतृत्वको सो प्रतिनिधिमण्डलमा काँग्रेसका नेताद्वय उदयशमशेर राणा र अजय चौरसिया रहेका छन् । आजको भेटमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र अर्का नेता आश्विन जोहर रहेका थिए।

रासस





Comments

comments

45671