हङकङ कोरोना न्युज अपडेट- हङकङमा ५ इम्पोर्टेट केस थपिए, कतार एयरवेजलाई प्रतिबन्ध..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १८ अक्टोबर । सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार हङकङमा ५ आयातित केस थपिएको जनाएको छ।

फाइल फोटो

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,३०० पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।

आयातित केसहरुमा कतार, फिलिपिन्स २, बेलायत र नाइजेरियाबाट आएका ५ सामेल छन्।

स्वास्थ्य विभागले दोहाबाट आउने एयरलाइन्सको यात्रीलाई हङकङमा अवतरण गर्न अक्टोबर १८ देखि ३१ सम्म २ हप्ताको लागि प्रतिबन्ध लगाएको छ।

पछिल्लो १४ दिनमा ६८ वटा कोरोनाको केस दर्ज भएको छ। तिमध्ये एक स्थानीय र अन्य सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ५२ जनाको उपचार भइरहेको छ। आज थप ३ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

👉 हाम्रो नयाँ भिडियो ब्लग आएको छ। हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

45904