Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कनिष्ठलाई बचाउंदा वरिष्ठको जागिर फुस्यो

काठमाडौं, फागुन १५ – जिल्ला प्रहरी कार्यालय बाँकेका तत्कालीन प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) शेखर कोइराला निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा प्रहरी प्रधान कार्यालयले कोइरालालाई निलम्बन गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाँके मार्फत अपराध अनुसन्धानका लागि घुमुवामा खटिएका प्रहरी नायव निरिक्षक(सई) सुमन खरेललाई अख्तियार टोलीले गत माघ २३ गते बेलुका २५ हजार घुससहित नेपालगन्जको एक रेष्टुरेन्टमा फेला पारेको थियो।

खरेललाई नियन्त्रणमा लिन खोज्दा घुमुवा प्रहरी र अख्तियार टोलीबीच करिव ३ घण्टा घम्साघम्सी चलेको थियो। त्यसक्रममा अख्तियारका केही कर्मचारी समेत घाइते भएका थिए। आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पहलमा अख्तियार टोली घुमुवा प्रहरीको नियन्त्रणबाट मुक्त भएको समाचार नागरिक दैनिकले छापेको छ।

अख्तियारको काम, कारबाहीमा घण्टौ सम्म अवरोध पुर्‍याउँदा पनि कुनै कदम नचालेको आरोप तत्कालीन प्रहरी प्रमुख कोइरालाई लागेको थियो।





Comments

comments

4661