Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङ कोरोना न्युज अपडेट- हङकङमा ८ औं ओमिक्रोन केस थपियो, ५ इम्पोर्टेट केस थपिए.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङ कोरोना न्युज अपडेट- हङकङमा ८ औं ओमिक्रोन केस थपियो, ५ इम्पोर्टेट केस थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १४ डिसेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार हङकङमा ८ औं ओमिक्रोन केस थपिएको पुष्टि गरेको छ। प्रोटेक्शनका अनुसार नयाँ ओमिक्रोन केसमा तान्जानिया, दक्षिण अफ्रिका र केन्या हुंदै हङकङ आएका ५० वर्षीय पुरुष सामेल छन्।

उनले अप्रिल १६ र मे ७ मा हङकङमा बायोटेक भ्याक्सिनको दुई डोज खोप लिएका थिए। पेनी बे क्वारेन्टिन केन्द्रमा अनिवार्य परीक्षण गर्दा उनमा ओमिक्रोन पोजेटिभ देखिएको हो।

हालसम्म हङकङमा ओमिक्रोनसँग सम्बन्धित आठ केस पुगिसकेको छ। त्यसैगरी, थप ५ आयातित केस थपिएका छन्।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,४९६ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।

आयातित नयाँ केसमा फिलिपिन्स, अमेरिका, इटाली र पाकिस्तानबाट आएका दुई जना सामेल छन्। आयातित केसमा २१ देखि ५५ वर्षका दुई पुरुष र तीन जना महिला छन्। ती सबै समूह ए तोकिएको स्थान (उच्च जोखिम) बाट हङकङ आएका हुन्।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको अस्थायी नमूना सङ्कलन केन्द्रमा “परीक्षण र होल्ड” व्यवस्थाको क्रममा चार जनामा पोजेटिभ देखिएको हो भने बाँकी एक जनामा क्वारेन्टिन केन्द्रमा अनिवार्य परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

पछिल्लो १४ दिनमा ६० वटा कोरोनाको केस दर्ज भएको छ। ति सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ६२ जनाको उपचार भइरहेको छ। थप ५ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।





Comments

comments

47223