हाइटीमा इन्धन ट्यांकी विस्फोट हुँदा कम्तीमा ५० को मृत्यु, दर्जनौं घाइते

काठमाडौँ, हाइटीको उत्तरी क्षेत्रमा मंगलबार इन्धन ट्यांकी विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ।

घटनामा थप दर्जनौं व्यक्तिहरू घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

स्थानीय समाचार अनुसार सोमबार राति भएको उक्त विस्फोट हाइटीको उत्तरी बन्दरगाह सहर क्याप–हैटियनमा भएको हो।

घटनामा कम्तीमा ५० देखि ५४ जनाको जलेर मृत्यु भएको छ भने दर्जनौं व्यक्ति जलेर घाइते भएका क्याप–हैटियनका नगरका उपप्रमुख प्याट्रिक अलमोनरले बताए।

उक्त घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्नसक्ने चिकित्सकहरूले बताएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै न्यूज–२४ समाचार संस्थाले जनाए अनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

उक्त विस्फोटपछि घटनास्थल वरपर रहेका करिब २० घरहरूमा आगलागी भएको अलमोनरले बताए । ती घरहरूमा रहेका मानिसहको सङ्ख्या तत्काल पत्ता लगाउन कठिनाइ भइरहेको उनले बताए। रासस

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

47229