पत्रकार किसन राईको मृत्युको छानविनको माग गर्दै हङकङमा ज्ञापन पत्र बुझाइयो..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १५ डिसेम्बर । हङकङका पत्रकार किसन राईको मृत्युको छानविनको माग गर्दै हङकङस्थित नेपाली महावाणिज्यदूतलाई ज्ञापन पत्र बुझाइएको छ।

स्व. किसन राई

गत कार्तिक ७ गते ओखलढुङ्गाबाट खोटाङ हुँदै धरान जाने क्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ को पंखु खोलामा हात खुट्टा भाँचिएको अवस्थामा राईको शव फेला परेको थियो।

राईको मृत्यु शंकास्पद रहेको भन्दै सत्यतथ्य बाहिर ल्याउन किरात राई यायोक्खा हङकङको अगुवाईमा हङकङस्थित महावाणिज्यदूत उदयबहादुर राना मगरलाई मंगलवार नेपाली संघसंस्थाहरुले ज्ञापन पत्र बुझाइएका हुन्।

राईको मृत्युको छानविनको माग गर्दै ऐक्यवद्धता जनाउंने नेपाली संघसंस्थाहरुमा किरात याक्थुम चुम्लुङ हङकङ, सुनुवार समाज हङकङ, किरात याक्खा छुम्मा हङकङ, तमू ट्हो ह्युल हङकङ,शेर्पा क्यिदुक हङकङ, तामाङ घेदुङ हङकङ, चाम्लिङ खाम्बातिम हङकङ, साम्पाङ जुम्लेखा हङकङ, पुमा तुप्खाबाङखाला हङकङ, बान्तावा खिम हङकङ, थुलुङ सामा हङकङ, कोयी/कोयु किम हङकङ, बायुङ सुम्निखिम हङकङ, दुमी फन्सिकिम हङकङ, नेपाल सोसाइटी हङकङलगायत रहेका छन्।

हङकङबाट नेपाल गएका परिवारजनले घटनास्थल, शवको प्रकृतिदेखि पोस्टमार्टम रिपोर्ट शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न माग गरिरहेको बेला हङकङस्थित नेपाली संघसंस्थाहरुले पनि महावाणिज्यदूतलाई ज्ञापन पत्र बुझाएर राईको मृत्युबारे सत्यतथ्य छानविनको माग गरेका हुन्।

किरात राई यायोक्खा हङकङका अध्यक्ष चन्द्रका राई र महासचिव गंगा राम राईद्वारा हस्तक्षरित ज्ञापनपत्रमा भनेको छ- ‘किरात राई यायोक्खा हङकङ यस दुखद घटनाप्रति अति संवेदनशील छ, उहाँको मृत्युको बारेमा सत्यतथ्य बाहिर आउनु हामी हङकङ निवासी नेपालीहरुको लागि अपरिहार्य छ। किरात राई यायोक्खा हङकङसहित हङकङमा रहेका देहाय बमोजिमका संघ संस्थाहरु स्व. किसन राईको मृत्युको निष्पक्ष छानबिन होस् भनी हङकङस्थित नेपाली महाबाणिज्य दूतावासमार्फत नेपाल सरकारसंग जोडदार माग गर्दछ।’

सम्बन्धीत समाचारहरुः
हङकङका पत्रकार किसन राईको मृत्युबारे विभिन्न कोणबाट अध्ययन गर्दै प्रहरी..
हङकङका पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु..





Comments

comments

47233