हङकङमा पुष्टि भएका १,६१९ संक्रमित र झण्डै ५,४०० प्रारम्भिक पोजिटिभ केस थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १५ फेब्रुअरी । हङकङले मंगलबार कोभिड-१९ को १ हजार ६१९ पुष्टि भएका केसहरू थपेको छ। त्यसै गरी, ५४०० भन्दा बढी प्रारम्भिक पोजिटिभ केसहरू थपिएका छन्।

सेन्टर फर हेल्थ प्रोटेक्शनले कोभिड-१९ को १ हजार ६१९ केस दर्ज भएको जानकारी दिएको छ। यससंगै हङकङमा कोभिड-१९ को कूल संख्या २५, ०५१ पुगेको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा चुआङ शुक-क्वानले १६१९ स्थानीय केसहरू पुष्टि भएको जानकारी दिइन्। डा चुआङका अनुसार सम्भवतः १५९८ केसहरू ओमिक्रोन र १२ केसहरू डेल्टा भेरियन्टका रहेका छन्। बाँकी केसहरू अझै परीक्षणमै रहेका छन्। अपरान्ह ४ बजेसम्म झण्डै ५४०० प्रारम्भिक पोजिटिभ केसहरू थपिएका छन्।

अस्पताल प्राधिकरणले कोभिडका २४८२ बिरामीहरूको नर्थ लान्ताउ अस्पताल हङकङ संक्रमण नियन्त्रण केन्द्र, एचए संक्रामक रोग केन्द्र र एशिया वर्ल्ड एक्सपो र हङकङ सार्वजनिक अस्पतालहरूमा उपचार भइरहेको जनाएको छ। पेनी बे आइसोलेसन सेन्टरमा हाल १७०० व्यक्ति रहेका छन्। ८ बिरामीहरूको अवस्था गम्भीर रहेको जनाएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २२३ पुगेको छ।

यसैबीच, सरकारले कम लक्षण भएका विरामीहरूका लागि भोलि (१६ तारिख) देखि ७ क्लिनिकहरू सञ्चालनमा ल्याउंदै छ, तिनीहरु निम्न अनुसारका छन्-

Seven clinics:

  • Shau Kei Wan Jockey Club General Out-patient Clinic
  • Kennedy Town Jockey Club General Out-patient Clinic
  • Robert Black General Out-patient Clinic
  • Kowloon Bay Health Centre General Out-patient Clinic
  • South Kwai Chung Jockey Club General Out-patient Clinic
  • Yuen Chau Kok General Out-patient Clinic
  • Tin Shui Wai (Tin Yip Road) Community Health

.





Comments

comments

48592