Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चीनका गाउँमा दर्जनौं नेपाली युवतीको बिचल्ली

काठमाडौं, चैत २६ – विवाह गरेर चीनको दुर्गम गाउँ पुगेका नेपाली युवतीले आफूहरु बेचिएको भन्दै उद्दारका लागि आग्रह गरेका छन्। चीनको उत्तर–पूर्वी प्रान्त हार्विनको दुर्गम गाउँमा पुगेका १८ युवतीले आफूहरुलाई यौनदासका रुपमा राखिएको बताएका हुन्।

केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) की एसपी किरण बज्राचार्यका अनुसार पीडित युवतीले दुःख पाएको भन्दै उद्दारका लागि फोनमार्फत आग्रह गरेका छन्। यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकिएको बज्राचार्यले बताइन्।

काठमाडौंका म्यारिज ब्युरोमार्फत चिनियाँ पुरुषसँग विवाह गरेर नेपाली युवती चीनका विभिन्न गाउँमा पुगेका छन् । महिनामा एक लाखभन्दा धेरै कमाई हुने र विवाह गर्ने युवक धनी भएको भन्दै झुक्याएर बिहे गरी नेपाली युवतीलाई चीनमा पुर्याएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।





Comments

comments

4886