Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मलेसियाबाट घरमा चिठ्ठी ‘मर्ने न बाँच्ने अवस्थामा छु…’

काठमाडौं, चैत २६ – ‘म निकै दुःखमा छु। तपाईँलाई थाहा छ, मलाई सुगर र ब्लड प्रेसर छ। क्याम्पमा उपचार हुँदैन। अब के गर्नुपर्छ तपाईँ आफैं बुझ्न सक्नुहुन्छ। नागरिकता पप्पुसँग छ दाइसँग पठाइदिनु होला।’

मलेसियाको सिलंगोरस्थित सिमिनिया क्याम्प (घरफिर्ति केन्द्र)मा रहेका एक नेपालीले परिवारलाई लुकिछिपी पठाएको पत्रको पेट बोली हो यो। ती नेपाली अवैध रूपमा मलेसिया बसेको आरोपमा पक्राउ परी जेल सजाय काटेर घर फिर्ति केन्द्र पुगेका हुन्। मलेसियामा अध्यागमन केन्द्रलाई घरफिर्ति केन्द्र भनिन्छ। त्यही क्याम्पबाट छुटेर नेपाल फर्केका साथीको हातमा उनले यस्तो बेहोराको चिठी पठाएको समाचार आजको नागरिक दैनिकमा छ।

सिमिनिया क्याम्पमा दर्जनौ नेपाली घर फर्कने पालो कुरेर बसेका छन्।





Comments

comments

Leave a Reply

5582