Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायती राजपरिवारले नेपाल भ्रमण गर्ने

काठमाडौं, चैत २६ – बेलायती युवराज विलियम अर्थर फिलिप लुइसले सपत्नि नेपालको भ्रमण गर्ने इच्छा ब्यक्त गरेका छन्।

बेलायती सेनामा कार्यरत गोर्खासँग निकै प्रभावित युवराज विलियमले नेपाल बेलायत कूटनीतिक सम्वन्धको दुईसयौं बर्षगाँठको अवसरमा पत्नी केट मिडलटनसँग नेपाल आउने इच्छा देखाएका हुन्। उनी बेलायती रानी एलिजावेथ द्वतियका नाती र युवराज चार्ल्स र दिवंगत युवराज्ञी डायनाका जेठा छोरा हुन्।

बकिङ्घम दरबारले कसैको नाम नकिटी राजपरिवारको सदस्यले नेपाल भ्रमण गर्ने भन्दै त्यसको तारतम्य मिलाउन आफ्नो विदेशमन्त्रालयसँग भनेपछि यसको प्रारम्भिक प्रक्रिया अघि बढेको स्रोतले बतायो। नेपालको सबभन्दा पुरानो मित्र मुलुक बेलायतका युवराज विलियम र युवराज्ञी केट मिडलटन नेपाल आउने तारतम्य मिलाउन दुवै सरकार लागिपरेको समाचार आजको कान्तिपुरमा छ।





Comments

comments

Leave a Reply

5592