Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

डिस्कोमा प्रहरीको टाउको फोड्ने गुण्डा पक्राउ

पोखराः पर्यटकीय क्षेत्र लेकसाईडको ओजन डिस्कोमा प्रहरीको टाउको फोडेर भागेका पोखरा–१७ का २६ वर्षीय डेंढे भन्ने प्रशान्त गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।


फोटो:प्रहरी जवान रानाको टाउको फुटाएको अभियोगमा पक्राउ प्रशान्त गुरुङ । तस्बिर: नेपाल प्रहरी

उनीसहितको समूहले गत फागुन २३ गते प्रहरी जवान भीमबहादुर रानाको टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको थियो। घटनापछि फरार उनलाई पोखराको रामबजारबाट पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरेले जानकारी दिए।

घटनामा संलग्न पोखरा-९ नयाँबजारका २७ वर्षीय किरण गुरुङलाई गत चैत १९ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

अभियुक्तहरुले मार्ने उद्धेश्यले फलामे रड, वियरका वोतल र घातक हतियारले आक्रमण गरेको जनाउँदै प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो। एमालेनिकट युवा संघका गण्डकी उपाध्यक्ष महेन्द्र गुरुङ भोटेले चलाएको उक्त डिस्कोमा घटनालगत्तै प्रहरीले भोटेसहितलाई पक्राउ गरेको थियो।

प्रहरीको ‘गुण्डा’ सूचीमा रहेका भोटे धरौटीमा मुक्त भएका थिए। भोटे आपराधिक गिरोह ‘एलजी ग्रुप’ को नाममा धम्काएर रकम असुली र गुण्डागर्दीको अभियोगमा पक्राउ परेर छुटेका व्यक्ति हुन्, अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ।


टाउको फुटेर रक्ताम्य भएका प्रहरी जवान भीमबहादुर राना





Comments

comments

4959