Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एमआरपीमा त्रुटी नै त्रुटी

दक्षिण कोरिया पठाइएका मेसिन रिडेवल पासपोर्ट (एमआरपी) मा त्रुटी भेटिने क्रम अझै बढेको छ। सोलस्थित नेपाली दूतावासमार्फत रुपान्तरणका लागि पठाइएका राहदानीमा तस्वीर, उमेर, नाता सम्बन्ध, हस्ताक्षर, जन्मस्थानलगायतका थुप्रै ‘प्रिन्टिङ एरर’ छन्।

दूतावासमार्फत करिब १ वर्षअघि आवेदन बुझाई रुपान्तरणका लागि नेपाल पठाइएको राहदानी २ पटकसम्म गल्ती भएर आएको छ। त्यस्ता राहदानी सच्याउन पुनः पठाइएको छ।

एक वर्षसम्म पनि राहदानी हात नपरेपछि धेरै युवा अलपत्रमा परेका छन्। पर्वत थानापाठा(४ का प्रकाश पौडेल र नागी(१ भोजपुरका सपराज राईका राहदानी २ पटकसम्म गल्ती भएर आएको समाचार आजको कारोबार दैनिकमा छापिएको छ।

‘साह्रै लाजमर्दो भो,’ पौडेल भन्दै थिए, ‘म एक वर्षदेखि राहदानीविहीन छु, पुरानो पासपोर्ट पनि छैन। अब भिसा लगाउने समय आउनै लाग्यो, तर राहदानी पत्तो छैन।’

पहिलो पटक २०१४ अक्टोबर १४ मा उनको राहदानी आएको थियो। त्यतिबेला नम्बर गल्ती परेपछि सच्याउन पठाइएको राहदानी पुनः गल्ती दोहोरिएर आएछ। ‘दूतावासमा सम्पर्क गर्दा पुनः सच्याउन पठाएका छौं भन्छन् तर भिसा सकिन लाग्यो। राहदानी हात परेको छैन,’ उनले भने।





Comments

comments

Leave a Reply

6985