हङकङमा कोभिड-१९ को दैनिक संक्रमितको संख्या १,९२१ मा झऱ्यो, दुई देशका विमानहरुलाई हङकङमा प्रतिबन्ध…!

एचकेनेपाल डट कम –

हङकङ, १० अप्रिल । हङकङमा कोभिड-१९ को दैनिक संक्रमित केसहरू आज १,९२१ मा झरेको छ।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये १८ आयातित रहेका छन्। आयातित केसहरू फिलिपिन्स, ग्रीस, अमेरिका, टर्की, टोकियो, फ्रान्स, स्पेन, भारत, अष्ट्रेलिया, नर्वे र दक्षिण अफ्रिकालगायतबाट आएका रहेका छन्।

पाँचौं लहरमा कोरोना संक्रमितको संख्या ११,७७,५५२ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप ५३ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि कूल ८,५५७ बिरामीको मृत्यु भएको छ।

२४ घण्टामा ८७८ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

यसैबीच, सरकारले टोकियोबाट जापान एयरलाइन्स र इस्तानबुलबाट टर्किस एयरलाइन्सको विमानलाई हङकङमा यात्रु ल्याउन प्रतिबन्ध लगाएको छ।

जापान एयरलाइन्स र टर्किस एयरलाइन्सको विमानलाई क्रमशः ११ अप्रिलदेखि १७ अप्रिलसम्म र १० अप्रिलदेखि १६ अप्रिलम्म यात्रु ल्याउन प्रतिबन्ध लगाएको हो।

तलको भिडियो हेर्नुभयो? हेर्नुभएको छैन भने एक पटक हेर्नुहोला है.. 🙏





Comments

comments

49793