हङकङमा आजदेखि मास्क हटाएर पार्कमा व्यायाम गर्न पाउंने, समुद्र तटहरूमा पौडी खेलेर रमाउंन पाइने..

एचकेनेपाल डट कम –

हङकङ, ५ मे । हङकङमा महामारीको अवस्था थप स्थिर बन्दै गएपछि सरकारले आज (५ तारिख) देखि केही सामाजिक दूरीका उपायहरू खुकुलो बनाएको छ।

प्रतीकात्मक फाइल फोटो

सरकारले रेस्टुरेन्टहरूलाई प्रति टेबल आठ पाहुनाहरूलाई सेवा गर्न अनुमति दिने, समुद्र तटहरू पुन: खोल्ने र नागरिकहरूलाई मास्क बिना व्यायाम गर्न अनुमति दिएको छ।

यसै अवसरलाई सदुपयोग गर्दै धेरै नागरिकहरु आज विहानदेखि समुद्र तटहरूमा पौडी खेल्न पुगेका छन्। पार्कहरुमा व्यायाम गर्दा विना मास्क लगाएर ताजा हावाको अनुभूति गरेका छन्। आजैबाट रेस्टुरेन्टहरूमा ८ जनाले एउटै टेबल प्रयोग गर्न पाउंने भएका छन्।





Comments

comments

50366