हङकङमा आज ३२४ संक्रमित थपिए, थप ७ जनाको मृत्यु..

एचकेनेपाल डट कम –

हङकङ, ६ मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका ३२४ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये २९ आयातित रहेका छन्। पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या हङकङमा ११,९३,४१० पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप ७ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म कूल ९,१३१ बिरामीको मृत्यु भएको छ।

२४ घण्टामा १०५ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

50384