Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा आज कोरोनाको ७३७ नयाँ केस थपिए… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङमा आज कोरोनाको ७३७ नयाँ केस थपिए…

एचकेनेपाल डट कम –

हङकङ, १३ जुन । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल ७३७ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार ६३३ स्थानीय र १०४ आयातित गरी कुल ७३७ संक्रमित केसहरु थपिएका छन्।

कोभिड-१९ को ७३७ केसमध्ये ३०५ पीसीआर र ४३२ जनाको आरएटी परीक्षणबाट पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्। पाँचौं लहरको सुरुवातदेखि हङकङमा कुल १,२०७,२८१ कोभिड-१९ का केसहरू रेकर्ड भएका छन्।

आयातितमध्ये ५४ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ४१ जनामा पोजेटिभ देखिएको छ।

आज १९३ विद्यालयमा २१६ विद्यार्थी र ५९ शिक्षक कर्मचारी गरी २७५ जनामा पोजेटिभ केसहरु पाइएको छ।

हङकङमा २४ घण्टाभित्र कोरोना संक्रमित कुनै पनि बिरामीको मृत्यु भएको छैन। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१७७ पुगेको छ।

२४ घण्टामा ३५ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

51633