हङकङमा आज कोरोनाको १,२७६ नयाँ केस थपिए…

एचकेनेपाल डट कम –

हङकङ, १८ जुन । हङकङमा लगातार चौथो दिन कोभिड-१९ को केसले १ हजार नाघेको छ। हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल १,२७६ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार ११६० स्थानीय र ११६ आयातित गरी कुल १,२७६ संक्रमित केसहरु थपिएका छन्।

कोभिड-१९ को १०८५ केसमध्ये ४३६ पीसीआर र ७२४ जनाको आरएटी परीक्षणबाट पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।

आयातितमध्ये ५६ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ४४ जनामा पोजेटिभ देखिएको छ।

हङकङमा हालसम्म कुल १,२१२,७७७ कोभिड-१९ का केसहरू रेकर्ड भएका छन्।

हङकङमा २४ घण्टाभित्र कोरोना संक्रमितको कुनै पनि बिरामीको मृत्यु भएको छैन। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१८० पुगेको छ।

२४ घण्टामा ४२ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

51807