हङकङमा आज १,६८५ नयाँ केस थपिए…

एचकेनेपाल डट कम –

हङकङ, २८ जुन । हङकङमा कोरोना भाइरसबाट थप १,६८५ जना सङ्क्रमित भएको स्वास्थ्य सुरक्षा केन्द्रले आज जानकारी दिएको छ।

केन्द्रका डा. अल्बर्ट औका अनुसार १,५३३ स्थानीय र १५२ आयातित गरी कुल १,६८५ संक्रमित केसहरु थपिएका हुन्।

कोभिड-१९ को १,५३३ स्थानीय केसमध्ये ६०३ पीसीआर र ९३० जनाको आरएटी परीक्षणबाट पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।

आयातितमध्ये ८६ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ५४ जनामा पोजेटिभ देखिएको छ। क्वारेन्टिन अवधि सकिएपछि १२ जनामा सङ्क्रमण पुष्टि भएको छ।

१७२ वटा विद्यालयका विद्यार्थी र शिक्षक कर्मचारी गरी २०२ जनामा पोजेटिभ देखिएको छ।

हङकङमा २४ घण्टाभित्र कोरोना संक्रमित १ जना बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१८६ पुगेको छ।

२४ घण्टामा ६४ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

52187