हङकङमा यो वर्षकै अत्यधिक गर्मी! शेउङ शुईमा पुग्यो 36.8°C..

एचकेनेपाल डट कम –

हङकङ, ११ जुलाई । हङकङमा अत्यधिक गर्मी बढेको छ। हङकङ अब्जरभेटरीले आज दिउँसो २:१० बजे सहरी क्षेत्रमा ३५ दशमलव १ डिग्री सेल्सियस र शिउङ शुईको तापक्रम ३६ दशमलव ८ डिग्री सेल्सियस पुगेको जनाएको छ।

अब्जरभेटरीले गर्मीले यो वर्षकै उच्च कीर्तिमान तोडेको जनाएको छ।

हङकङ अब्जर्भेटरीका अनुसार एन्टिसाइक्लोनले आगामी दुई दिनमा दक्षिणी चीनमा धेरै तातो मौसम ल्याउनेछ। दक्षिण चीन सागरको मध्य भागमा रहेको न्यून चापीय रेखा फिलिपिन्सको छेउछाउमा रहेको यो साताको उत्तरार्धमा उत्तरतर्फ सर्ने र दक्षिण चीन सागरको उत्तरी भागमा पानी पर्ने अपेक्षा गरिएको छ।





Comments

comments

52849