गगन थापालाई कालो झण्डा देखाउंदा भएको आक्रमणको सर्वत्र विरोध

पोचुर्गलमा पहिचानबादीहरुलाई गरिएको आक्रमणबिरुद्ध यूरोप भरि रहेका पहिचानवादी संगठनहरुद्धारा घोर भत्र्सना,
दधिराज घिमिरे-
बेलायत, नेपालको संबिधानमा बिभिन्न जाति, वर्ग र क्षेत्रको पहिचान झल्कने हुनु पर्छ भन्दै दवाव दिनको लागि संघर्षरत पहिचानबादी नेपालीहरुको समिति संयुक्त संघर्ष समितिले पूर्वघोषित कार्यक्रम अनुसार संबिधानसभाका सभासद तथा मन्त्रीहरु उपस्थित हुने कार्यक्रमलाई शान्तिपूर्ण ढगंले कालो झण्डा देखाई बिरोध गर्ने कार्यक्रम रहेको थियो।

संबिधान सभाका सभासद गगन थापा बेल्जियम हुदैं पर्चुगल जाने कार्यक्रममा बेल्जियममा पहिचानबादीहरुले सांकेतिक रुपमा बहिस्कारको कार्यक्रमले आहात भएका गगन थापा पचुर्गलमा पुगेर आक्रमण सम्मको कार्यक्रम बनाई आफ्नै अगाडि आक्रमण बनाउनुले पहिचानबादीहरुबिरुद्ध नेपालको सत्ता कति निर्मम छ भन्ने देखाउंछ। २९ मार्च २०१५ का दिन पचुर्गलको लिस्वोनमा जनसंपर्क समितिको अधिवेशनमा प्रतिनिधिको रुपमा आमन्त्रण गरी सोही प्रतिनिधिहरुले पहिचानको बिषय उठाउंदा भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

कार्यक्रममा अतिथिकोरुपमा निमन्त्रणा गरी अतिथिहरुलाईनै उदण्ड रुप देखाउदै आयोजकलेनै उपस्थित अतिथि तथा जनसमुदायमाथि आक्रमण गरेको र आक्रमण गर्नेहरुमा जनसंपर्क समितिका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, उपाध्यक्ष सुशील शर्मा गैह्रे, सहमाहामन्त्रि बुद्धि गुरुङ सदस्य नारायण सापकोटा र साधरण सदस्य जिचकुमार तामाङ लगायतले योजनबद्ध तरिकाबाट हमाला गरी मुक्का र लात्ति प्रहार, घाटी निचोर्ने सैबेदनशील अगंमा प्रहार गर्ने जस्ता अमानबीय कार्यबाट केही साथीहरु घाईते भएका छन।

घाईते हुनेहरुमा नेपाली जनप्रगतिशिल मंच, पर्चुगलका केन्द्रिय सल्लाहकार शेर सिं ठकुरी, संयुक्त संघर्ष समितीका प्रवक्ता सोम फुरी शेर्पा, सदस्य रुपक श्रेष्ठ लगायत अन्यलाई सामान्य चोटपटक लागेको छ। लोकतन्त्रको खोलभित्र गरिने यस्ता निच कार्यलाई जति निन्दा गरे पनि कम हुन्छ भन्ने हाम्रो ठहर रहेको छ।

नेपाली जनताको पसिनाको पैसाले सभासदको कुर्चिमा बस्ने गगन थापा र धनराज गुरुङ कुनै राजा महाराजा होईनन्। तर अहिले सत्ताको मातमा राजा महाराजाको प्रतिनिधिको रुपमा पर्चुगलमा देखिएका यि दुई पात्र लोकतन्त्रमा बिरोध गर्न पाउने अधिकारलाई कुल्चिदै र धज्जी उडाउदै नेपाली काग्रेसको तानाशाही अनुहारलाई प्रष्ट पारेका छन्। लोकतन्त्रमा बिरोध सहन नसक्ने र पहिचानबादीलाई हेप्ने जस्तो हर्कतले पिछडिएका जाति,बर्ग र क्षेत्रलाई हिजोदेखि सामन्ती शासनको जुठो पुरो खादै हली गोठालो र नोकरकोरुपमा गदै आएको ब्यवहारको निरन्तरता नै पचुर्गल घटनामा देखिएको भिडीयो फुटेजले प्रमाणित गर्दछ। आफूलाई लोकतन्त्रको हिमायती ठानी लोकतन्त्रको पर्दा भित्रबाट पिछडिएका नेपालीहरुको हत्या गर्न पल्केका रक्त पिपासुहरुले जुनसुकै सुन्दर देशमा पुगे पनि अपराधिक चरित्रलाई लुकाउन सक्दैनन भन्ने प्रमाण पचुर्गलको यस घटनाले पुष्टि गरेको छ।

देशमा चरम भ्रष्टाचार, महिला हिंसा र असुरक्षा जस्तो बिषयलाई संसारको जुन सुकै कुनामा बसे पनि बिरोध गर्ने न्यायपूर्ण नेपालीहरुको नैसर्गिक अधिकार हो। लोकतन्त्रले दिएको अधिकारलाई प्रयोग गर्दै गरिएको बिरोध कार्यक्रममा नेपालमानै दलाली र मानवता बिरोधी कार्य गर्दै आएका केही अपराधिक जत्थाहरुले नेपाली सत्ताको आडमा गरिएको स्वेत आक्रमणको यूरोप भरी रहेका पहिचानबादीहरुको संगठन संयुक्त संघर्ष समिति लगायत प्रगतिशील संगठनहरुले संयुक्त रुपमा घोर भत्र्सना गर्दछौं। यस घटना घटाउने संघ तथा ब्यक्तिले सार्वजनिकरुपमानै क्षमा यचना नगर्दासम्म यूरोपको जुनसुकै देशमा आउने नेपाल सरकार र संवद्ध प्रतिनिधिहरुलाई निरन्तर बिरोधका कार्यक्रमहरु अझ प्रभावकारी ढगंले अगाडि बढाउने जानकारी गराउन चाहन्छौं।

साथै पचुर्गलमा भएको घटनामा पहिचानबादीहरुलाई मार्नु पर्छ जस्तो शब्दहरुले पहिचानबादीहरुबिरुद्ध नेपालका लोकतन्त्रका नामधारीहरुको दृष्टिकोण कस्तो छ भन्ने स्पष्ट पारेको छ। यो बिषयलाई अति गम्भिरताका साथ नेपाल सरकार, पचुर्गल सरकार र यूरोपियन यूनियनमा तथा बिभिन्न मानवअधिकारबादीहरुकोमा भिडियो फुटेजसहित अन्तर्राष्ट्रियकरण गर्दै कानुनी प्रक्रियामा कारवाहीको लागि जान वाध्य नपारियोस् भन्ने समेत अवगत गराउदछौं।

पिछडिएका नेपाली जनताको र बर्गको मुक्तिको लागि संसारका जुनसुकै कुनामा रहेर निरन्तर लड्ने पचुर्गलका साथीहरुको उच्च साहासप्रति हार्दिक आभार ब्यक्त गर्दछौं, सो घटनामा सक्त घाईते हुनुभएका पहिचानका पक्षधर शेर सिंह ठकुरी, रुपक श्रेष्ठ, सोम फुरी शेर्पालगायतका संपूर्ण साथीहरुले देखाउनु भएको उच्च क्रान्तिकारी भावलाई हामी संपूर्ण पहिचानका पक्षधरहरु उच्च सम्मान गर्दछौं। आफ्नैै मुक्तिको लागि हुने संघर्षमा क्रान्तिकारीहरुको यस्ता घटनाले पहिचान र मुक्तिका आवाजहरु अझ मजबुद बन्ने छ। साथै पोर्चुगलको त्यस सांघातिक आक्रमणको घटनामा घाईते हुनु भएका सम्पूर्ण साथीहरुको सिघ्र स्वास्थलाभको कामना गर्दछौं।
धन्यवाद

सुरेन्द्र भुसाल अध्यक्ष संयूक्त नेपाली मोर्चा, यूरोप
पेम्वा गल्बु शेर्पा संयूक्त संघर्ष समिती,बेल्जियम
पुर्ण लक्जोम नेपाली जनएकता समाज, बेलायत
डा. किष्ण अर्याल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, नर्वे
चित्र सुवेदी अध्यक्ष नेपाली जनप्रगतिशील मंच, वेल्जियम
कृष्ण तिवारी अध्यक्ष नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, वेल्जियम
गम बहादुर गुरुङ्ग संयोजक तमु राष्ट्रिय मुतिm मोर्चा , युरोप
विर मान घर्तिमगर अध्यक्ष मगरात राष्ट्रिय मुतिm मोर्चा , युरोप
निर्मला वजगाई अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, वेल्जियम
मनिष गुरुङ्ग संयोजक नेपाली जनजाति सरोकार मंच, वेल्जियम
श्याम घले अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्वीजरल्यण्ड
गणेस टकाल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, डेनमार्क
देबी गौतम अध्यक्ष नेपाली जनप्रगतिशील मंच, डेनमार्क
रामशरण टकाल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्वीडेन
दलराम तामागं संयोजक नेपाली जनप्रगतिशील मंच, आईरल्याण्ड
सुरेस गौतम संयोजक नेपाली समाज यूके
मान गुरु¨ संयोजक तमु राष्ट्रिय मुतिm मोचा,बेलायत
अरुण मगर संयोजक मगर राष्ट्रिय मुतिm मोर्चा, बेलायत
राम गौचन अध्यक्ष नेपाली जनप्रगतिशील मंच, पर्चुगल
दिलाराम चापांगाई संयोजक संयूक्त संघर्ष समिती, पचुर्गल
गोबिन्द प्रसाद भण्डारी अध्यक्ष नेपाली जनप्रगतिशील मंच, ईटाली
महेश्वर कडेल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्पेन
धनेश घले अध्यक्ष नेपाली जनप्रगतिशील मंच, फ्रान्स
रामचन्द्र पोख्रेल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, नेदरल्याण्ड
सागर पोख्रेल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, जर्मनी
मार्के मगर बिश्व मगर संघ, बेल्जियम
धर्म तामागं अध्यक्ष संघिय समाजवादी पार्टी, बेलायत
पि जी शेर्पा अध्यक्ष जनजाती महासघं बेल्जियम
नेत्र मगर अध्यक्ष संघिय समाजबादी पार्टी बेल्जियम
सोनाम शेर्पा अध्यक्ष शेर्पा समाज, बेल्जियर्म
कान्छा शेर्पा अध्यक्ष आदीबासी जनजाती माहासंघ, पर्चुगल
श्री लिम्बु अध्यक्ष आदीबासी जनजाती माहासंघ,बेलायत
……….





Comments

comments

Leave a Reply

5444