Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अपडेटः बन्दका बेला कहाँ के भए? (भिडियो र फोटोसहित)

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, चैत २४ – एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको तीन दिने आमहड्तालका कारण जनजीवन प्रवाभित बनेको छ। बन्दका कारण देशभरका उद्योग, कलकारखाना, बजार यातायात शैक्षिक संस्था पूर्णरुपमा ठप्प रहेका छन्।

बन्दकर्ताहरूले बिहानै कोटेश्वर–बालकुमारीमा एउटा बा१ज १८७७ नं को टेक्सीमा आगजनी गरेको छ।

टेक्सी जलाइ दिएपछि छोराछोरी कसरी पाल्ने? रूदै भने टेक्सी चालक नीरज बानियाँले। त्रिभुवन विमानस्थलमा आफन्तलाई पुर्‍याएर फर्कदै गर्दा आन्दोलनकारीले पेट्रोल छर्किएर उनको टेक्सीमा आगजनी गरेका हुन्। टेक्सीभित्रै राखेर आगो लगाएपछि चालकले भागेर ज्यान जोगाएका छन्। उनको कपाल, चालक अनुमति पत्र, नोटहरूसमेत जलेका छन्।

त्यस्तै बन्दकर्ताले पाल्पामा ८ वटा मोटरसाइकल र गौशालामा यात्रुवाहक बसमा तोडफोड गरेका छन्।


बिजुलीबजारमा जुलुसको नेतृत्व गर्दै नेतृ हिशिला यमी।

३० दलीय मोर्चाले सहमतिको संविधान लेखनका लागि दबाब सिर्जनाको लागि भन्दै आज नेपाल बन्दको घोषणा गरेको हो।

बन्द गर्दै हिडेकी प्रचण्डकी छोरी रेणु दाहालसहित करीव आधा दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन्। उनी बिजुलीबजारबाट पक्राउ परेकी हुन्।


प्रहरी र बन्दकर्ताबीच बिजुलीबजारमा भएको झडप।


आगजनीमा परेको मोटरसाइकलको आगो निभाउंदै प्रहरी।


सुर्खेतमा जलाइएको मोटरसाइकल।

फोटोहरूः सुभक महतो, ट्वीटर, सेतोपाटी।

भिडियो हेर्नुहोस्





Comments

comments

Leave a Reply

5554