Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ब्युटी पार्लरको जागिर भन्दै सिरियामा नेपाली युवतिलाई बेचेपछि

काठमाडौं, चैत २३ – दुबईको ब्युटीर्फारमा जागिर लगाइदिने भन्दै एक युवतीलाई सिरिया पुर्याएर सात हजार डलरमा बिक्री गरेको खुलेको छ। युवती बेच्ने संखुवासभाका आशिष भनिने केदारबहादुर खड्का पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले खड्कामाथि अनुसन्धान गर्दा नेपाली युवनीलाई बिक्री गरेको खुलेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ। खड्का नेपाली युवतीलाई तान्जानिया पुर्याएर बिक्री गरेको घटनामा २८ फागुनमा पक्राउ परेका थिए।

सिरियामा दुई वर्षसम्म बन्धक बनाइएकी ती युवती भने भागेर नेपाल फर्किएकी थिइन्। २ असारमा नेपाल फर्किएकी उनले आफूलाई बिक्री गर्ने व्यक्ति पक्राउ परेको थाहा पाएपछि शुक्रबार सिआइबीमा उजुरी दिएकी थिइन्।





Comments

comments

Leave a Reply

5548