हङकङ : ट्युन मुनको बटरफ्लाई बीचमा डुबेर भारतीय नागरिकको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, २८ अगष्ट । ट्युन मुनको बटरफ्लाई बीचमा डुबेर आइतवार दिउंसो एक भारतीय नागरिकको मृत्यु भएको छ।

आज दिउँसो करिब ४ बजे ट्युन मुनको बटरफ्लाइ बिचको तटबाट करिब ५ मिटर टाढा समुन्द्रमा एक व्यक्ति डुबेको आशंकामा उद्धार गरिएको थियो।

ड्युटीमा रहेका बिच लाइफगार्डले उनलाई उद्धार गरी प्रहरीलाई खबर गरेका थिए।

प्यारामेडिकहरू घटनास्थलमा आइपुगे र अचेत व्यक्तिलाई आकस्मिक उपचारको लागि ट्युन मुन अस्पताल पठाए। तर दुर्भाग्यवश उनको मृत्यु भएको प्रमाणित भयो।

अनुसन्धानपछि प्रहरीले पीडित ३२ वर्षीय भारतीय नागरिक भएको पुष्टि गरेको छ। घटनास्थलमा पौडी खेल्ने क्रममा डुबेर अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको अनुमान गरिएको छ। उनको मृत्युको कारण पोस्टमार्टमपछि खुल्नेछ।

पीडित हिजो (२७) बिहान बेपत्ता भएका व्यक्ति रहेको बुझिएको छ। उनका साथीले आज प्रहरीमा उजुरी गरेका थिए।





Comments

comments

56556