हङकङमा ५ महिनापछि कै उच्च कोरोना सङ्क्रमित, १० जनाको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, २८ अगष्ट । हङकङमा आइतवार ५ महिनापछि कै कोरोना सङ्क्रमितको संख्या उच्च रेकर्ड गरिएको छ। कोरोना सङ्क्रमितको संख्या झण्डै १० हजार पुगेको छ। यो पाँच महिनापछि कै उच्च कोरोना सङ्क्रमितको संख्या हो।

हङकङमा कोरोना भाइरसबाट ९,७०८ जना सङ्क्रमित भएका छन्। त्यस्तै, १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्, स्वास्थ्य सुरक्षा केन्द्रले आइतवार जानकारी दिएको छ।

केन्द्रका डा. चुआंग शुक-क्वानका अनुसार आज ९४९५ स्थानीय र २१३ आयातित गरी कुल ९,७०८ संक्रमित केसहरु थपिएका हुन्।

आयातितमध्ये ८९ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ६० जनामा पोजेटिभ देखिएको छ। क्वारेन्टिन अवधि सकिएपछि ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ।

आयातितमध्ये भारतबाट २५, थाइल्यान्डबाट २०, फिलिपिन्सबाट १८, बेलायतबाट १६, अमेरिकाबाट १६, सिंगापुरबाट १२ र अन्य ६ देशबाट १० जना केस रहेका छन्।

थप रूपमा, अस्पताल प्राधिकरणका डा. ल्यारी लीले आज थप १० जनाको मृत्यु भएको जानकारी दिएका छन् जसमा ६२-९९ वर्षका ८ पुरुष र २ महिला छन्।

हालसम्म, हङकङमा कुल ९,४५१ कोभिड-१९ बाट मृत्यु भएका घटनाहरू रेकर्ड गरिएको छ।

डा. लीले थप २,४५३ बिरामी अझै अस्पतालमा भर्ना भइरहेका छन्। १० नयाँ बिरामीहरू गम्भीर अवस्थामा छन्। हाल गम्भीर अवस्थामा रहेका १३ जनाको आईसीयूमा उपचार भइरहेको जनाइएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

56551