इराकको राष्ट्रपतिमा रशिद निर्वाचित

इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रशिद निर्वाचित हुनुभएको छ।

संसदमा बिहीबार भएको मतदानपछि उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको सभामुखले घोषणा गर्नु भएको थियो । नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुई पटक मतदान भएको थियो।

[wds id=”25″]

देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ । नवनिर्वाचित राष्ट्रपति रशिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गर्नुहुनेछ । रशिदले उहाँलाई नै पराजित गर्नु भएको हो।

मतदानमा सहभागी सांसदहरु मध्ये १६० जनाले नवनिर्वाचित राष्ट्रपति रशिदलाई समर्थन गरेका थिए भने ९९ जनाले सालेहलाई मतदान गरेका थिए । नयाँ राष्ट्रपति चयन गर्न इराकको संसद यसअघि दुई पटक सम्म असफल भएको थियो।

अहिले ७८ वर्ष उमेर पुग्नु भएका रशिद यसअघि सन् २००३ देखि २०१० सम्म जलश्रोत मन्त्री हुनुभएको थियो।





Comments

comments

59347