डुङ्गा डुब्दा हराएका बीस यात्रुको शव भेटियो

एथेन्स, ग्रीसको इभामा अवस्थित समुद्री किनारबाट त्यहाँ डुङ्गा डुब्दा हराएका २० जना यात्रीको शव निकालिएको बताइएको छ।

उद्धारकर्मीहरुले ती शव निकालेको अधिकारीहरुले जानकारी दिएका छन् । उद्धारकर्मीहरुका अनुसार सो क्षेत्रमा मङ्गलबार डुङ्गा डुब्दा ती यात्रु हराएका थिए।

मङ्गलबारदेखि उद्धारकर्मीहरुले खोजी जारी राखेका र बुधबार उनीहरुको शव भेटिएको बताएका छन् । ग्रीसको राष्ट्रिय समाचार समितिले डुङ्गा डुबेपछि मङ्गलबार नै उद्धारकर्मीहरु त्यहाँ पुगेका तर आँधीका कारण उद्धारको काममा कठिनाइ भएको बताएको छ । सोही दिन १२ जनालाई जीवितै उद्धार गरिएको पनि सो समाचार समितिले जनाएको छ।

त्यसमा परेका अरु २० जनाको शव बुधबार निकालिएको पनि सो समाचार उद्धारकर्मीलाई उद्धृत गर्दै सो समाचार समितिले जनाएको छ । जीवितै उद्धार गरिएकाहरुले सो डुङ्गामा ६८ जना यात्रु रहेका जनाएका छन् । त्यस डुङ्गामा इजिप्ट, अफगानिस्तान र इरानका आप्रवासीहरु रहेका बताइएको छ।

रासस/सिन्ह्वा





Comments

comments

60659
%d bloggers like this: