Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
ह्यारी भण्डारी अमेरिकाको मेरिल्याण्ड राज्य विधानसभा सदस्यमा दोश्रो पटक बिजयी – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

ह्यारी भण्डारी अमेरिकाको मेरिल्याण्ड राज्य विधानसभा सदस्यमा दोश्रो पटक बिजयी

विजय थापा –

अमेरिकाको मेरिल्याण्ड राज्य विधायक सदस्य (विधानसभा)को दोस्रो कार्यकालका लागि डेमोक्र्याटिक उम्मेदवार डा ह्यारी भण्डारी विजयी भएका छन् । अमेरिकामा मूलधारको राजनीतिमा पहिलो खाता खोल्ने नेपाली मूलका डा भण्डारी निर्वाचनमा दोस्रो पटक पनि विजयी भएका हुन्।

उनले कूल १२ हजार ३४४ मत ल्याएका छन् । अझै केही मतपेटिकाबाट आएका मतपत्र गन्न बाँकी रहे पनि उनलाई अफिसियल प्रोजेक्टेड विनरको रुपमा घोषणा भएको छ । उनले दोस्रो कार्यकालको लागि काम गर्ने अवसर दिएकामा मतदाता र आफ्नो क्षेत्रका बासिन्दालाई धन्यवाद दिएका छन्।

[wds id=”25″]

यद्यपि संघीय रुपमा भने आधिकारिक घोषणा पछि हुनेछ । अघिल्लो कार्यकालमा गरेको कामको मूल्यांकन गर्दै मेरिल्याण्ड चुनाव क्षेत्र ८ का जनताको विश्वास गरेको उनको भनाइ छ। यस पटक कडा प्रतिस्पर्धा रहेको भए पनि डा भण्डारीले उनका प्रतिद्वन्द्वीलाई हराई थप ४ वर्ष जनता गर्ने मौका पाएका छन्।

उनलाई हराउन सशक्त रुपमा मेरिल्याण्डका रिपब्लिकनका गभर्नरका उम्मेदवार डान कक्स लागेका थिए । डा ह्यारीविरुद्ध मेरिल्याण्डका रिपब्लिकनका ट्रम्पका कट्टर समर्थक गभर्नरका उम्मेदवार डान कक्सले चुनावी अभियानमा थुप्रै आरोप लगाएका थिए।

डा भण्डारीको निर्वाचन क्षेत्रमा १ लाख २८ हजार भन्दा ज्यादा जनसंख्या रहेको छ भने मतदाता मात्रै १ लाख भन्दा ज्यादा रहेका छन् । उनले चार वर्षमा अमेरिकाकै सबैभन्दा पुरानो संसदको तल्लो सदन मेरिल्याण्ड बिधान सभा ९हाउस अफ एसेम्बेली०सदस्यको रूपमा १४ विधेयकलाई कानुन बनाउन सफलता हासिल गरेका थिए।

दशैँलाई नेपालमा उत्पति भएको सांस्कृतिक चाडका रूपमा उल्लेख गरेर दशैँ विधेयक सदनमा प्रस्तुत गरेको र तल्लो सदनमा ऐतिहासिक दुईदलीय ९बाइपार्टिसन० मतका साथ पारित गराएका थिए।

मेरिल्याण्डमा भएको एक बन्दुक आक्रमणमा मारिएका नेपाली युवाका नाममा सागर घिमिरे विधेयक ९एक्ट०प्रस्तुत गरेका थिए । साथै उक्त क्षेत्रमा ५० बर्षको ईतिहासमा ३ वटा नयाँ विद्यालय निर्माण गराउन भूमिका निर्वाह गरेका छन्।

कोभिड कहरको बेला नेपालमा औषधी र स्वास्थ्य सामग्री पठाउनेदेखि हजारौँ नेपालीलाई बेरोजगार भत्ताका लागि उनले मार्गप्रशस्त गरिदिएका थिए।





Comments

comments

61034