हङकङ : ट्रक दुर्घटनामा १८ वर्षीया युवतीको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, १९ नोभेम्बर । ट्युन मुन रोडमा आज दिउंसो मालवाहक ट्रक दुर्घटना हुंदा १८ वर्षीया युवतीको मृत्यु भएको छ।

स्थानीय मिडियाका अनुसार ट्युन मुनको क्यासल पीक रोडस्थित लाम तेई नजिकैको राउन्डअबाउटमा आइपुग्दा रोड साइनको पिलरमा ठोक्किएर ट्रक बायाँतर्फ सडकमा पल्टिएको थियो।

१८ वर्षीया महिला यात्रु ट्रकबाट बाहिर उछिट्टिएकी थिइन्। २२ वर्षीय पुरुष चालक ट्रकबाट बाहिर निस्किएर उद्धारको लागि सहयोग मागिरहेका थिए।

फोटो सौजन्यः एचके अन सीसी

ठूलो संख्यामा प्रहरी अधिकारी र उद्धारकर्मी घटनास्थलमा पुगे पनि महिला यात्रुको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ भने पुरुष चालकलाई परीक्षणका लागि अस्पताल पठाइएको जनाइएको छ।





Comments

comments

61704