Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाल भारतको मुख ताक्दै, चीन नेपालको जवाफ कुर्दै…

काठमाडौं, चीनले नेपालसँगका आधा दर्जन नाकालाई व्यवस्थित गर्दै कम्तीमा २ वटा अटुट राजमार्ग बनाउन चाहेको पुनः ध्यानाकर्षण गराएको छ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारतको नाकाबन्दी खोल्ने पहल गर्न दिल्ली जानुअघि चीनले यस्तो प्रस्ताव ल्याएको हो।

चीनले लामो समयदेखि यस्तो प्रस्ताव राख्दै आएको छ। तर, नेपालतर्फबाट ठोस जवाफ पाउन ढिलाइ भएको नयाँ सरकारलाई उसले जानकारीसमेत दिएको छ।

चीनको प्रस्ताव माने नेपाल छिट्टै झिलिमिली हुने

‘चीन सरकारले नाका जोड्ने सडकको स्तरोन्नति तथा अन्य नाका व्यवस्थित गर्न नेपालको ठोस प्रस्ताव पर्खेर बसेको छ। कुनै छिमेकी वा मित्रलाई नचिढाईकन नेपाललाई सहयोग गर्न चीन सधै तयार छ,’ नेपाली राजदूत महेश मास्केले भने,

यसअघि भएका सहमतिहरू कार्यान्वयन भएको भए पनि अहिलेको अवस्था हामीले बेहोर्नु पर्ने थिएन। चीनले नेपाललाई सक्दो सहयोग गर्ने पटकपटक बताइसकेको छ।’ चीनले कोदारी राजमार्गको स्तरोन्नति, केरुङ नाकाको सडक विस्तारलगायत थप चार नाकालाई व्यवस्थित गर्न सम्झौता गरिसकेको समाचार कान्तिपुर दैनिकमा छ।





Comments

comments

Leave a Reply

6405