Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

संविधान संशोसन गर्न भारतको दबाव कायमै, सोध्यो कहिले संशोधन हुन्छ ?

नयाँ संविधान कहिले संशोधन हुन्छ ? १० या १५ दिनभित्रमा ? उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग भारतीय विदेश सचिव एस जयशंकरले ठाडै प्रश्न गरे।

जवाफमा थापाले भने, आन्दोलनरत मधेस केन्द्रित दललाई संवादमा ल्याउन गम्भीर प्रयास भइरहेको छ । प्रधानमन्त्री आफैँले पनि अग्रसरता लिइरहनु भएको छ।

यो हाम्रो आन्तरिक मामिला चाँडै सुल्झाउने प्रयास गर्दछौं। नयाँदिल्लीस्थित होटल ओवरायमा आइतबार जयशंकरसग भएको भेटमा मन्त्री थापाले संविधान संशोधनका लागि संसदमा प्रस्ताव दर्ता भइसकेको भन्दै राजनीतिक संवालबाटै समस्याको हल गर्ने प्रयास भइरहेको जानकारी गराए।

थापाले नाकाबन्दी शब्द उच्चारण नगरी भारतीय नाकाबाट मालबाहक ट्रक र पेट्रोल बोकेका ट्यांकर नेपाल भित्रिन अवरोध हुदाँ चाडपर्वको मुखमा नेपालले गहिरो संकट बेहोरिरहेको भन्दै ध्यानाकर्षण पनि गराएको समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

9001