Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लाङटाङमा अझै सय बेपत्ता

भूकम्प गएको दुई महिना बित्न लाग्दा पनि लाङटाङ हिमपहिरोमा पुरिएका सयौं अझै बेपत्ता छन्। शनिबारसम्म १ सय ९३ जनाको शव निकालिएको छ।

वैशाख १२ को शक्तिशाली भूकम्पसँगै लाङटाङ हिमालको ढिस्को खस्दा ६५ घरपरिवारका सयौं स्थानीय पुरिएका थिए। पुरिएकामध्ये धेरैको शव नभेटिए पनि आफन्तले धार्मिक परम्पराअनुसार काजकिरिया गरिसकेका छन्। तर, तापक्रम वृद्दिसँगै हिउँ पग्लने क्रम बढेकाले शव भेटिने आसा लाङटाङ बासीले मारिसकेका छैनन्।

हिउँ काट्न र उत्खनन गर्नका लागि आवश्यक स्रोत साधन अभाव भएकाले शव निकाल्न नसकिएको सेनाले जनाएको छ। हिउँ पग्लन थालेसँगै साता अघिबाट नेपाली सेना र स्थानीयले लाङटाङमा शव खोज्ने कार्य जारी राखेको समाचार नागरिक दैनिकमा प्रकाशित छ।





Comments

comments

Leave a Reply

6966