अविवाहित छोरी गर्भवती भएपछि…

एजेन्सीः गाउँकै युवासँग प्रेमसम्बन्धमा रहेकी छोरी गर्भवती भएको थाहा पाएपछि एकै परिवारका चारजनाले बाँधमा हामफालेर आत्महत्या गरेका छन् । भारतको मध्यप्रदेश राज्यस्थित भोपाल निवासी एकै परिवारका सदस्यले शुक्रबार बिहान आत्महत्या गरेका हुन्।


फोटो: एजेन्सी

यो घटना घटना सहडोल जिल्लाको गोहपारू प्रहरी कार्यालय अन्तर्गतको मलमाथर गाउँमा बिहीबार भएको हो । एकै परिवारका चारजनाले बाँधमा हामफालेर ज्यान गुमाएको खबर शुक्रबार पाएको थियो। अन्नपूर्णपोष्टमा समाचार छ।

बाबुआमा र दाजुदिदीसँगै आत्महत्या गर्न बाँधमा हामफालेका यो परिवारका १५ वर्षीय किशोर भने बाँच्न सफल भएका छन्। बाँधमा डुबेर आत्महत्या गर्नेमा उनका बाबुआमा, दिदी र भाइ रहेका छन्।

प्रहरीका अनुसार खेतबारीमा मजदुरी गरी गुजारा चलाउँदै आएको आदिवासी परिवारकी १९ वर्षीया छोरी बिहै नै नगरी गर्भवती भएकी थिइन् । गाउँकै एक युवासँग उनको प्रेम सम्बन्ध रहेको थियो । युवतीसँग प्रेम गर्दै आएका भीमसेन नामका युवाले बिहे गर्न नमानेपछि यो डरलाग्दो घटना भएको हो ।

आफूसँगको शारीरिक सम्बन्धपछि गर्भवती भएकी युवतीसँग भीमसेन सिंहले बिहे गर्न नमानेपछि बेइज्जती भएको भन्दै युवतीका बाबुआमाले मर्ने निर्णय गरेका थिए ।

भारतमा सनसनी मच्चाएको यो घटना बिहीबारको रात गुज्रेपछि शुक्रबार बिहान एक बजे भएको हो । यो घटनामा ज्यान गुमाउनेहरुमा ४५ वर्षीय पिता रामभारत सिंह, उनकी पत्नी ४२ वर्षीय प्रेमबाई १४ वर्षीय छोरा विनोद सिंह र गर्भवती १९ वर्षीया छोरी रहेका छन् ।

भागेर बाँच्न सफल किशोर
उनीहरुसँगै बाँधमा हामफालेका १५ वर्षीय छोरा सन्तोष सिंहले बाबुले परिवारका अरुलार्इ डोरीले बाँध्दै गर्दा भागेर ज्यान बचाएका छन् । प्राराम्भीक अनुसन्धानपछि यो हृदयविदारक घटनाको कारण छोरीको प्रेम प्रसंग रहेको निष्कर्ष भोपाल प्रहरीले निकालेको छ ।

बदनामी हुने डरले गाउँका मुखियासमेत रहेका रामभारत सिंहले यो डर लाग्दो कदम चाल्ने निर्णय लिएका थिए । पुलिसले यो घटनाको जिम्मेवारकारुपमा युवतीका कथित प्रेमी भीमसेन र उनका बाबु दौलीलार्इ गिरफ्तार गरी हिरासतमा लिएको छ ।

दुबैजना विरुद्ध प्रहरीले दुराचार र सिहं परिवारलाई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा मुद्धा दर्ता गरेको छ ।

ज्यान बचाएका सन्तोषले शुक्रबार बिहान करिब ३ बजे बाबुआमासहितले बाँधमा हामफालेको खबर गाउँमा बताएका थिए । यो घटनाबारे शुक्रबार उज्यालो भएपछि गाउँ नजिकैको गोहपारू प्रहरी कार्यालयमा खबर गरिएको थियो ।

घटनाको जानकारी पाएपछि त्यहाँका प्रहरी प्रमुख सुशान्त सक्सेना र डिएसपी एसके सिंहसहितका अन्य प्रहरी अधिकारी घटनास्थल पुगेका थिए । डिएसपी एसके सिंहले भारतीय सञ्चारमाध्यमलार्इ बताएअनुसार मृतक युवतीको गाउँकै युवा भीमसेन सिंहसँग प्रेमसम्बन्ध चलिरहेको थियो ।

यो कुराको जानकारी युवतीका परिवारले थाहा पाएका थिए । परिवारले भीमसेनसँगको सम्बन्धपछि छोरी गर्भवती भएको थाहा पाएपछि बिहे गरिदिन खोजेका थिए।

बिहेका लागि सिंह परिवारले १६ जुनमा नातागोता र समाजका अन्य सदस्यसँग कुराकानी पनि गरिसकेका थिए । बिहेको कुरा अघि बढेका बेला युवती गर्भवती भएको खबर गाउँभरी फैलन पुग्यो।

बाँधमा हामफाल्नुअघि भागेर बाँचेका सन्तोष सिंह गाउँभरी छोरी गर्भवती भएको हल्ला फैलिएर बेइज्जती भएको ठानेका बाबु रामभारत सिंहले पुरै परिवारको साथमा ज्यान दिनु नै उचित हुने निष्कर्श निकाले ।

बिहीबार राति उनले परिवारका सबै सदस्यलार्इ बाँधमा लगेर प्लास्टिकको डोरीले सबैलार्इ आफूसँगै बाँधे । परिवारका सबै सदस्यलार्इ डोरीमा बाँधिरहेका बेला सन्तोष भने त्यहाँबाट भाग्न सफल भए।

तर रामभारत आफ्नी पत्नी, छोरी र कान्छो छोरोसहित २० फिट गहिरो बाँधमा हामफाले । एक बजे राति भएको घटना गाउँलेले तीन बजे बिहान थाहा पाउँदा उनीहरु सबैको ज्यान गइसकेको थियो ।

गाउँ पञ्चायत मलमाथरकी सरपञ्च झिरिया बाईका अनुसार रामभारत सिंहकी छोरीबारे १६ जुनको साँझमा गाउँमा बैठक भएको थियो । सो बैठकमा गाउँका करिब सातजना मानिस सहभागी बैठकमा युवतीका मामा अमर शाह र काका जबर सिंह पनि थिए ।

झिरिया बाईका अनुसार युवती गर्भवती भएको घटना सुल्झाउन भएको सो बैठकले समेत निचोड निकाल्न सकेको थिएन। सो बैठकमा मृतक रामभारतले आफ्नी छोरीको प्रेमसम्बन्धन भीमसेन सिंहसँग रहेको जानकारी दिएका झिरिया बार्इले बताइन्।





Comments

comments

Leave a Reply

7104