निरा पाण्डे आचार्यको अन्त्येष्टि सम्पन्न

काठमाडौँ । यही वैशाख ७ गते हत्या गरिएकी काठमाडौँ कपन सरस्वतीनगरकी निरा पाण्डे आचार्यको आज पशुपतिस्थित आर्यघाट अन्त्येष्टि गरिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले आइतबार हत्यामा संलग्न भएको आरोपमा झापाबाट विनोद विकलाई पक्राउ गरेको थियो।

सिआइबीको टोलीले निराका घरपरिवार तथा आफन्तसँग छलफल गरेर शव जिम्मा लगाएको थियो। माइती पक्षले भने प्रहरीको अनुसन्धानमा चित्त नबुझेको भन्दै अन्त्येष्टिमा सहमति जनाएको थिएन।

निराको सोमबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको आफन्त प्रकाश श्रेष्ठले जानकारी दिए।

रासस





Comments

comments

72736