Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चीनको प्रस्ताव माने नेपाल छिट्टै झिलिमिली हुने

काठमाडौं – चिनियाँ सरकारी स्वामित्वको एक कम्पनीले नेपालमा ३० देखि १ हजार मेगावाटसम्म सौर्य (सोलार) प्लान्ट निर्माण प्रस्ताव गरेको छ। उसले पाकिस्तानमा १०० मेगावाटको सौर्य उर्जा बनाइसकेको छ।

नेपाल सरकारले जग्गा उपलब्ध गराइदिए वा निर्माणको स्वामित्व लिइदिए हाललाई ५० करोडदेखि १ अर्ब अमेरिकी डलर लगानी गरिदिने उसको प्रस्ताव छ। कारोबार दैनिकले समाचारमा लेखेको छ।

सौर्यउर्जा उत्पादनमा क्रियाशिल नेपालको निजी क्षेत्रमार्फत अगाडि बढाइएको प्रस्तावमा भनिएको छ,‘खरिदकर्ताले १५ प्रतिशत लगानी प्रत्याभूति गर्नुपर्नेछ। हामी ८५ प्रतिशत लगानी गर्न तयार छौं। जसको भुक्तानी ३ देखि १५ वर्ष रहनेछ।’ यसका लागि कम्पनीले केही शर्त अघि सारेको छ।





Comments

comments

Leave a Reply

7357