Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

साथीलाई आक्रमण गरेपछि मलेसियामा २ नेपाली पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
इपो पेराक, मलेसिया। आफ्नै नेपाली साथीहरुलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएपछि दुई नेपाली युवा मलेसियामा प्रकाउ परेका छन्।

पक्राउ पर्नेहरुमा काभ्रेका पेम्बा तामाङ (दायाँ) र धादिङ नौबिसेका राम कुमार प्याकुरेल रहेका छन्। उनीहरुले अत्यधिक रक्सी सेवन गरी संगै डेरामा बस्ने साथीहरु सिन्धुलीका रोशन श्रेष्ठ र इलामका राजकुमार तामाङमाथि धारिलो हतियारले साङ्घातिक आक्रमण गरि घाइते बनाएका थिए। आक्रमणबाट रोशन श्रेष्ठको हातमा गहिरो चोट लागेको छ। अर्कालाई त्यति गम्भीर चोट नलागे पनि केही दिन काममा जान नसक्ने भएका छन्।

एउटै कोठाका बस्ने साथी दीपक श्रेष्ठले झगडाका कारण त्यति ठूलो नभएको बताए। एक दिन अगाडि एक जना साथीसंग कामकै सिलसिलामा सामान्य भनाभन भएको हो खास चाहिँ रक्सी कै कारण हो, श्रेष्ठले एचकेनेपाल डट कमलाई बताए।


रोशन श्रेष्ठको हातमा लागेको गहिरो चोट

इपो पेराकस्थित चुई यु डिमसम रेष्टुरेन्टमा कार्यरत एक भियतनामीसहित १० जना नेपाली एउटै होस्टेलमा बस्दै आएका थिए। बुधवार राति १० बजेतिरको घटनापछि प्रहरीले सोही राति दुबैलाई पक्राउ गरेको हो।

दुबै जना सिजनल म्यानपावर सामाखुसीमार्फत १५ महिनाअघि मलेसिया आएका थिए। कम्पनीका अनुसार पेम्बा तामाङलाई लेवि, एयर टिकट र घाइतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च असुल गर्ने गरी नेपाल फिर्ता पठाउने सर्तमा एजेन्टको जिम्मा लगाइएको छ। राम कुमार प्याकुरेललाई भने छुट्टै होस्टलमा राख्ने सर्तसहित काममा राखिएको छ, दीपक श्रेष्ठले भने।





Comments

comments

Leave a Reply

9093