एनआरएनए अध्यक्षमा पुनः शेष घले निर्वाचित

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा पुनः शेष घले निर्वाचित भएका छन्। विहीबार निर्वाचनमा घलेको नेतृत्वमा २२ सदस्यीय एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) चयन भएको छ।

अष्ट्रेलियाका व्यवसायी घलेले आफ्ना प्रतिद्वन्द्वी टेकबहादुर (टीबी) कार्कीलाई ६०१ मतको ठूलो अन्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। निर्वाचनमा घलेले ८६७ मत र उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले २६६ मत पाए। अध्यक्षमा घले र टेकवहादुर टीबी कार्कीबीच प्रतिस्पर्धा भएको थियो।

संघको सातौ अन्तर्राष्ट्रिय अधिवेशनबाट उपाध्यक्षमा भवन भट्ट र कुमार पन्त चुनिएका छन्। भट्ट ५ सय ३८ र पन्त ५ सय १३ मत ल्याई विजयी भएको निर्वाचन समितिले जनाएको छ। उपाध्यक्षमा ६ जना प्रत्यासीबीच प्रतिस्पर्धा भएको थियो। भट्ट पुनः उपाध्यक्षमा निर्वाचित भएका हुन् भने पन्त यसअघि महासचिव थिए।

त्यसैगरी, महासचिवमा बद्रि केसी निर्वाचित भएका छन्। उनले ५ सय ५५ मत पाएका थिए। सचिवमा अर्जुनकुमार श्रेष्ठ र कोषाध्यक्षमा हिक्मतबहादुर थापा निर्वाचित भएका छन्। श्रेष्ठले ३ सय ९१ र थापाले २ सय ६४ मत पाएका छन्। महासचिव, सचिव र कोषाध्यक्षमा ४–४ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।

त्यसैगरी, एसिया संयोजकमा किरणविक्रम थापा र उपसंयोजकमा कृष्णप्रसाद पाण्डे र रोविन्दप्रसाद श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

अमेरिका संयोजकमा सोनाम लामा र उपसंयोजकमा आङछिरि शेर्पा चुनिएका छन्। मध्यपूर्व संयोजकमा डम्बरबहादुर क्षेत्री र उपसंयोजकमा धर्मराज गिरी एबं उमेश अधिकारीको वरावरी मत आएपछि एकएक वर्ष कार्यभार सम्हाल्ने छन्।

युरोप संयोजकमा कुल आचार्य निर्वाचित भएका छन्। आचार्य निर्विरोध निर्वाचित भएका हुन्। युरोप उपसंयोजकमा प्रेमबहादुर गुरुङ र दावागेल्जे शेर्पा निर्वाचित भएका छन्।

त्यसैगरी, ओसेनिया संयोजकमा महेन्द्रकुमार लम्साल निर्वाचित भएका छन्। ओसेनिया उपसंयोजकमा रमेश जोशी निर्विरोध चयन भएका छन्। अफ्रिका संयोजकमा सुनिल कार्की निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी, युवा संयोजकमा विजय पोखरेल चुनिएका छन् भने उपसंयोजकमा लोकराज शर्मा निर्वाचित भएका छन्।

महिला संयोजकमा सपिला राजभण्डारी निर्विरोध निर्वाचित भएकी छन्। महिला उपसंयोजकमा रजनी प्रधान चयन भएकी छन्। निर्वाचनमा करिब ११ सय मतदाता थिए।

सातौं विश्व सम्मेलनमा संसारभरका ७१ देशमा छरिएका १२ सय गैरआवासीय नेपाली प्रतिनिधि सहभागी छन्। सम्मेलनको औपचारिक उदघाटन राष्ट्रपति रामवरण यादवले शुक्रबार विहान गर्ने कार्यक्रम छ। भूकम्पपछिको पुर्ननिर्माणमा यसपटकको सम्मेलन बढि केन्द्रित छ।

चुनावी प्रतिष्पर्धामा रहेका प्राय सबैं उमेदवारले आगामी २ बर्षको कार्यकाललाई पुर्ननिर्माणमा केन्द्रित रहने जानकारी दिदै आएका छन्।

नवनिर्वाचित कार्यसमिति
अध्यक्ष, शेष घले (अस्ट्रेलिया)
उपाध्यक्ष, भवन भट्ट (जापान)
उपाध्यक्ष, कुमार पन्त (जर्मनी)
महासचिव, बद्रि केसी (रसिया)
सचिव, अर्जुनकुमार श्रेष्ठ (बेल्जियम)
कोषाध्यक्ष, हिक्मतबहादुर थापा (नाइजेरिया)
एसिया संयोजक, किरणविक्रम थापा (जापान)
एसिया उपसंयोजक, कृष्णप्रसाद पाण्डे (हङकङ)
एसिया उपसंयोजक, रोविन्दप्रसाद श्रेष्ठ (जापान)
अमेरिका संयोजक, सोनाम लामा (अमेरिका)
अमेरिका उपसंयोजक, आङछिरि शेर्पा (क्यानडा)
मध्यपूर्व संयोजक, डम्बरबहादुर क्षेत्री (ओमन)
मध्यपूर्व उपसंयोजक, धर्मराज गिरी (कुवेत)
युरोप संयोजक, कुल आचार्य (बेलायत)
युरोप उपसंयोजक, प्रेमबहादुर गुरुङ (बेल्जियम)
युरोप उपसंयोजक, दावागेल्जे शेर्पा (जर्मनी)
ओसेनिया संयोजक, महेन्द्रकुमार लम्साल (अस्ट्रेलिया)
ओसेनिया उपसंयोजक, रमेश जोशी (अस्ट्रेलिया)
अफ्रिका संयोजक, सुनिल कार्की (केन्या)
युवा संयोजक, विजय पोखरेल (अस्ट्रेलिया)
उपसंयोजक, लोकराज शर्मा (डेनमार्क)
महिला संयोजक, सपिला राजभण्डारी (रसिया)
महिला उपसंयोजक, रजनी प्रधान (बेल्जियम)

>>>>>>कसले केमा उम्मेदवारी दिएका थिए? हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्>>>>>>>>

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

6983