Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

४८ वर्षपछि प्रधानमन्त्री ओलीले किने जन्मघर

बुबा मोहनप्रसाद ओलीले २०२४ मा बेचेको तेह्रथुमको इवा गाविसस्थित जन्मघर प्रधानमन्त्री केपी ओलीले आफ्नो नाममा फिर्ता गरेका छन्।


तेह्रथुमको इवा गाविसमा रहेको प्रधानमन्त्री केपी ओली जन्‍मिएको पुख्‍यौली घर। तस्विर सौजन्य: तुलसी संग्रौला।

पुख्र्यौली घरजग्गा आफ्नो नाममा फिर्ता गर्ने परिवारको इच्छाअनुसार ओलीले जन्मघरसहित ३० रोपनी जग्गा किनेका हुन्।

मोहनप्रसादले स्थानीय नन्दलाल तिवारीलाई साढे ११ हजार रुपैयाँमा उक्त घरजग्गा बेचेर झापा बसाइँ सरेका थिए।

एमाले अध्यक्ष र संसदीय दलको नेता भएपछि एक वर्षअघि ओलीले जन्मघर किनेर आफ्नो नाममा पास गरेका हुन्। उक्त घरजग्गा स्थानीय नन्दलाल, भवानीप्रसाद उप्रेती, श्रीप्रसाद विमली, त्रिलोचन तिवारी, तुलसी संग्रौला र खगेन्द्र तामाङ हुँदै फेरि केपी ओलीकै नाममा नामसारी भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।

ओली प्रधानमन्त्री निर्वाचित भएपछि पत्रपत्रिका र सामाजिक सञ्जालमा उनको जन्मघरले चर्चा पाएको छ। पहाडी जिल्ला तेह्रथुमको सामान्य परिवारमा जन्मिएका ओली मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएपछि शुभचिन्तक र पार्टीका कार्यकर्ताले उक्त घरको फोटो अपलोड गरी बधाई दिने गरेका छन्।





Comments

comments

Leave a Reply

9074